site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
एन्जिलाको साफ उपलब्धि : ‘सरी’ नेपाल 
SkywellSkywell

काठमाडौं । एन्जिला तुम्बापो सुब्बा नेपाली महिला फुटबल पछ्याउनेहरुका लागि यो नौलो नाम भने होइन् । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला पछिल्लो समय नेपाली महिला फुटबलमा बेग्लै पहिचान बनाउन सफल छन् ।

उनले प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा एक नौलो छाप छोडेकी छन् । एन्जिलाले भर्खरै सम्पन्न पाँचौ साफ च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गरिन् । विडम्बना नेपालले घरेलु मैदानमा भएको च्याम्पियनसिपको उपाधि भारतलाई सुम्पिनु पर्‍यो ।

योसँगै लामो समयदेखि घरेलु मैदानमा भारतलाई हराउँदै साफ च्याम्पियनसिपको उपाधि उचाल्ने नेपालको सपना अधुरो भयो । च्यम्पियनसिपको समूह चरणका खेलहरुदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएकी एन्जिलाले भारतविरुद्धको फाइनल खेलमा पनि आफ्नो प्रदर्शनलाई कायम राखिन् । 

KFC Island Ad
NIC Asia

उनले नेपाललाई उपाधि भने दिलाउन सकिनन्, नेपाल फाइनल खेलमा भारतविरुद्ध ३-१ गोलले पराजित भयो । “पहिलो पटक घरेलु मैदनमा साफ च्याम्पियनसिप खेलेको थिएँ, घरेलु मैदान अनि हजारौँ घरेलु समर्थक मेरो लागि पहिलो अनुभव थियो”, एन्जिलाले बाह्रखरीसँग भनिन् । 

“राष्ट्रिय टोलीको सदस्य भएदेखिको पहिलो सपना थियो नेपाललाई साफ च्याम्पियन बनाउने । झनै घरेलु मैदानमा प्रतियोगिता हुँदा ठुलो आशा जागेको थियो । तर, सकिन सबै नेपालीलाई ‘सरी’”, उनले भनिन् । 

१३ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी एन्जिलाले एएफसी साफ यू-१४ को खेलबाट उत्कृष्ट प्रदर्शन गर्न सफल थिइन् । एन्जिलाले धनगढीमा भएको छैटौँ राष्ट्रिय खेलकुदमा भएको राम्रो प्रर्दशनबाटै विभागीय टिम एपीएफमा स्थान बनाउन सफल भएकी थिइन् । 

भारतको सिलगुडीमा भएको सागबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी एन्जिलाले हालसम्म राष्ट्रिय टोलीका लागि निकै उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । साफ च्याम्पियनसिपका समूह चरणका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्न सफल एन्जिलाले फाइनल खेलमा पनि उत्कृष्ट प्रदर्शन गरिन् ।

खेल समयमा निकै नै चलाखीपूर्ण प्रदर्शन गर्ने एन्जिलाले नेपाली टोलीका लागि धेरै खेलमा जित दिलाउन सहयोग गरेकी छन् । पाचौँ सफमा नेपालले चार खेलमा जम्मा तीन गोल खाएकी एन्जिलाले समुह चरणमा भुटानविरुद्धको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भइन् ।

त्यस्तै दोस्रो खेलमा पनि नेपालको उत्कृष्ट प्रदर्शन रहन गयो । तेस्रो खेलमा पनि तुलनात्मक रुपमा बलियो भनिएको बंगलादेशविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । नेपालले सबै खेलहरुमा गरेका उत्कृष्ट प्रदर्शनपछि एन्जिलाको ठूलो योगदान छ । किनकी उनी खेलको मुख्य भूमिकामा थिइन् ।

तर, फाइनल खेलमा नेपालले गरेको प्रदर्शनलाई लिएर एन्जिला भने त्यति सन्तुष्ट छैनन् । नेपालले समूह चरण र क्वार्टरफाइनलजस्तै प्रदर्शन गर्न नसकेको एन्जिला स्वीकार्छिन् । "हामी साफ च्यम्पियनसिपका समूह चरण र क्वार्टरफाइनलका खेलहरुमा निकै उत्कृष्ट थियौं, त्यहि अनुसारको प्रदर्शन हामीले फाइनलमा गर्न सकेनौं”, एन्जिलाले भनिन् । 

तर, साफ च्याम्पियनसिपमा अन्य खेलमा भएको नेपालको प्रदर्शनलाई तुलना गर्ने हो भने फाइनल खेलमा नेपाल भारतभन्दा बलियो देखिएको थियो । “मेरो लागि अस्मिरणीय क्षण बनेको छ, पाँचौ साफ च्याम्पियनसिप । यदी नेपाललाई उपाधि दिलाउन सकेको भए झनै महत्वपूर्ण क्षण बन्ने थियो” एन्जिलाले पुनः साफलाई सम्झिइन् । 

एन्जिलाको अबको लक्ष्य भनेको ओलम्पिक छनोटको दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने रहेको छ । नेपालले दोस्रो चरणमा भारतसँग पनि खेल्ने भएकाले उक्त खेल नेपालका लागि थप महत्वपूर्ण मानिएको छ । 

नेपालले अप्रिल छ तारिखमा भारतसँग पहिलो खेल खेल्दैछ । महिला फुटबलका हरेका खेलहरुमा नेपालका लागि तगारो बनेको भारतलाई नेपालले हिरो गोल्डकपमा २-० गोलले पराजित गर्दै ऐतिहासीक जित निकालेको थियो । 

“नेपालका लागि सधैं उत्कृष्ट प्रदर्शन गर्ने योजना हुन्छ, संयोगबस कहिले पुरा हुँदैन् । आगामी प्रतियोगितामा नेपाललाई उच्च स्थनमा राख्ने प्रयास गर्नेछु”, एन्जिलाले भनिन् । नेपालले ओलम्पिक छनोटका खेलहरुमा पहिलो खेल छ तारिखमा भारतसँग खेल्दैछ । त्यस्तै अन्य खेलहरुमा नेपलले घरेलु टोली म्यानमार र इन्डोनेसियासँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  ०८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro