site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाललाई भारतसँग बदला लिने अवसर 

काठमाडौं । जापानको टोकियोमा २०२० मा हुने ओलम्पिक खेलकुदअन्तगर्त महिला फुटबलको दोस्रो चरण छनोट बुधबारदेखि म्यानमारमा सुरू हुँदैछ । पहिलो चरणमा शानदार प्रदर्शनसहित दोस्रो चरणमा स्थान बनाएको नेपालले त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा म्यानमार पुगेको छ । घरेलु टोली म्यानमार, भारत र इन्डोनेसिया रहेको समूह ए मा नेपाल छ । 

तीन समूह रहेको दोस्रो चरणमा प्रत्येक टिमको शीर्षस्थानमा रहने टोली तेस्रो चरणमा पुग्नेछन् । नेपाल हालै घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा भएका कमजोरी सुधार्दै इतिहास बनाउने योजनामा छ । तर फिफा बरियतामा आफूभन्दामाथि रहेका टोलीमाथि नेपाललाई जित निकाल्न भने सहज छैन् । 

त्यहीभएर प्रशिक्षक हरि खड्काले टिमअनुसार टोलीको रणनीति बनाएका छन् । म्यानमारविरुद्ध रक्षात्मक योजना बनाएका खड्काले भारत र इन्डोनेसियामाथि फरक योजना बनाएको बताए । उनले भने, "पाँचौं महिला साफ च्याम्पियनसिपमा भोगेका पिडा भुलाउने प्रयास गर्नेछौं । हार मानेका छैनौं । म्यानमार समूहमा बलियो छ । त्यही भएर फरक टोलीसँग फरक रणनीतिमा खेल्नेछौं । राम्रो नतिजा ल्याउनेछौं ।’

"खेलाडीहरु निकै उत्साहित छन् । टिम पनि राम्रो छ । तयारी पनि छ । साफमा भएका कमजोरी अब विगत भइसके । हामी दोस्रो चरणका खेल्दैछौं । राम्रो नतिजाको पर्खाइमा हुनेछौं", प्रशिक्षक खड्काले थपे । पाँचौं पटक साफको उपाधि जितेको भारत लगत्तै म्यानमार पुग्दा नेपालले चार दिनमात्र तयारी गर्‍यो । 

हारको पीडाले लगत्तै अभ्यासका लागि खेलाडी मानसिक रुपमा तयार नभएकाले चार दिनमात्र अभ्यास गरेको प्रशिक्षक खड्काको भनाई छ । "घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य थियो । खेलाडीहरु जितको भोकमा थिए । त्यही अनुसारको मिहनेत गरेका थिए । हारपछि उत्पन्न पीडाका लागि खेलाडीलाई आराम दिइएको हो । हामीले त्यसअघि लामो तयारी गरेका छौं", प्रशिक्षक खड्काले भने । 

नेपाल चैत ८ गते साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग पराजित भएको थियो । त्यसअघि भारतमा भएको हिरो वुमन्स गोल्डकपमा नेपालले भारत, म्यानमार र इरानसँग प्रतिस्पर्धा गरेको थियो । फिफा वरियतामा नेपालमाथि रहेको म्यानमारसँग हार तथा भारतसँग पहिलो पटक २-१ को जित निकालेको नेपाल साफमा भने पराजित भएको थियो ।
 
फेरि एकपटक आफूलाई प्रमाणित गर्ने मौका पाएको नेपाल भारतविरुद्धको जितलाई दोहोर्‍याउने पक्षमा छ । फुटबलमा कमीकमजोरी हुनु स्वभाविक भए पनि फेरि एकपटक जितका लागि टोली आँतुर रहेको कप्तान निरु थापाले बताइन् । टोली इखमा रहेकाले सकारात्मक नतिजाको पर्खाइमा रहेको निरुले बताइन् । उनले भनिन्, "सानो कमजोरीले हार्‍यौं । गल्ती भएका कुरालाई सच्चाउँदै खेल्नेछौं । कमजोरीबाट पाठ सिकेका छौं । 

साफमा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीले फेरि एकपटक नेपाली समथर्कलाई खुसी बनाउने सोचमा रहेको बताइन् । "साफको फाइनलमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार्नु पर्‍यो । अब यस्तो कमजोरी हुन नदिने र जितका लागि कोशिस गर्नेछु । हाम्रो खेल कस्तो छ । देखाइसकेका छौं । कोशिस गर्नछौं । समर्थकको बिश्वास तोड्ने छैनौं।"

उनी साफमा ४ गोलसहित सर्वाधिक गोलकर्ता भएकी थिइन् । स्टाइकर साबित्रा २६ अन्तर्राष्ट्रिय गोलसहित सर्वाधिक गोल गर्ने महिला खेलाडीको दोस्रो नम्बरमा छन् । अनु लामा ३५ गोलसहित पहिलो स्थानमा छन् । अनुले राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरीसकेकाले साबित्रा अनुको गोलनजिक छन् । 

नेपालले दोस्रो चरणको पहिलो खेल बुधबार घरेलु टोली म्यानमारसँग खेल्नेछ । शनिबार भारतसँग खेल्ने नेपालले समूहको अन्तिम खेल २६ गते मंगलबार इन्डोनेसियासँग खेल्नेछ । इन्डोनेसियासँग पहिलो पटक आमने-सामने हुने नेपालले म्यानमारसँग फागुनमा भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकपमा प्रतिस्पर्धा गरेको थियो । यसअघि कात्तिकमा म्यानमारमा सम्‍पन्न पहिलो चरणमा नेपालले भारत, बंगलादेश र म्यानमासँग १-१ को बराबरी खेलेको थियो ।  


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro