site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय

काठमाडौं । ताप्लेजुङदेखि आएका विष्णुप्रसाद विष्ट काठमाडौंस्थित भृकुटीमण्डपको अन्तर्राष्ट्रिय कृषि प्रविधि तथा सामाग्रीहरू देखेर छक्क परे । त्यतिकैमा उनले भने, “मैले त सोचेको पनि थिइन, यत्रो विधि कृषिका प्रविधि हुन्छन् भनेर”, उनले थपे “त्यो पनि मुलुकभित्रै !” केही सामाग्रीहरू देखेको सुनेको भएपनि अधिकांशको बारेमा थाहा नभएको उनको भनाइ थियो । प्रदर्शनीले जानकारी गरायो । आफैंले स्वंय देख्ने मौका दिलायो ।

इलामका डीसी फार्मका सञ्चालक हरिबहादुर डीसीले पनि कृषि सम्बन्धी नयाँ–नयाँ प्रविधि तथा यन्त्रहरू प्रदर्शनीमा देख्न तथा जानकारी लिन पाएकोमा दङ्ग परे । “परम्परागत तरिकाले कयौं घन्टा लाग्ने मकै छोडाउने  मेसिन देखे । जसको प्रयोगबाट निमेषभरमा नै मकै छोडाउन सकिने रहेछ”, उनले भने “यीसँगै अरु विभिन्न प्रविधिहरुको देखे तथा जानकारी पाए ।” उनका अनुसार अझै पनि राजधानी बाहेकका मोफसलका  किसानहरुले यस्ता प्रविधिको बारेमा देखेका सुनेका छैनन् । उनीहरूमाझ पनि यस्ता प्रविधिहरूको पहुँच पु¥याउन आवश्यक छ । शुक्रबारदेखि सञ्चालनमा आएको उक्त प्रदर्शनीमा स्टल राखेका कम्पनी दाहाल ट्रेडीङ्ग कन्सर्नका सञ्चालक दुर्गा प्रसाद दाहालले अझै पनि कृषकले विभिन्न कृषिका प्रविधिको बारेमा जानकारी नभएको बताए ।

प्रदर्शनी, प्रविधि र त्यसले गर्ने काम देखेर कृषक छक्क पर्ने उनले बताए । “अति कम किसानले मात्र योजना बनाएर सामग्री खरिद गर्न आउँछन् ”, उनले भने “पहिले सामान हेर्छन, समानले के गर्छ भन्ने बुझ्छन्, अनि मात्र खरिद गर्छन् ।” सामान्यतया ५० रुपैयाँको माटो खन्ने खन्तीदेखि ६० हजार रुपैयाँसम्मको दूध दुने मेशिन रहेको उनको स्टलमा अधिकांशले प्रविधिको बारेमा जिज्ञासा राख्ने गरेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शीतल थोपा सिचाई प्रविधि उद्योगका रोहित थापाले बढी अवलोकन कर्ताहरु नयाँ प्रविधि त्यसले गर्ने कामको बारे बुझ्न चाहेको बताए । उनले उद्योगले राखेको स्टलमा सामान्य स्तरको थोपा सिँचाइ प्रविधि सञ्चालन गर्न करीब २२ हजार रुपैयाँ लगानी लाग्ने जानकारी दिए । “यस प्रविधिबाट परम्परागत प्रविधिभन्दा आधाबढी पानीलाई जोगाउन सकिन्छ, उनको भनाइ थियो । 

३५ सय रुपैयाँदेखि ५ लाखसम्मका कृषि सामाग्रीका स्टल रहेको एसकेटी नेपाल प्रालिका म्यानेजीङ डाइरेक्टर कृष्ण शर्माले पछिल्लो समय कृषि प्रविधि तथा सामग्रीहरु प्रति कृषकहरुको चासो बढेको बताए । उनले स्टलबाट अहिलेसम्ममा ८ लाखभन्दाबढीको हाते ट्रयाक्टर, रिपर, थ्रेसर लगायतका प्रविधिहरुको बुकिङ भइसकेको बताए । उनका अनुसार उक्त प्रविधिहरूले धान र गहुँ काट्ने, थ्रेसीङ्ग गर्ने, अनाज तयार पार्ने लगायत कार्य गर्छन् । 

त्यस्तै सोनालिका ट्रयाक्टरका आधिकारिक विक्रेता नेपाल अटोमोबाइल्सका सेल्स म्यानेजर चुडामणी श्रेष्ठले प्रदर्शनीमा ट्रयाक्टरप्रति पनि कृषकहरूको चासो रहेको बताए । करिब ७ देखि १५ लाख रुपैयाँकासम्मको ट्रयाक्टर स्टलमा रहेको उनले जनाए । “प्रदर्शनीमा हालसम्म करीब ३ ओटा बुकिङ्ग भइसेको छ”, उनले भने । 

कृषि विज्ञ निलकन्ठ शर्माले गएका वर्षहरूमा राष्ट्रिय स्तरका कृषि यन्त्र तथा प्रविधिहरुका प्रदर्शनी भए पनि, अहिले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी पहिलो भएको बताए । उनले प्रदर्शनीमा खन्ने, गोड्नेदेखि आवश्यक सबै किसिमका यन्त्रहरु रहेको जानाए ।

“समय पहिले जस्तो छैन”, उनले भने “गाँउ तथा सहरमा काम गर्ने युवाहरूको संख्या घट्दो छ ।” उनका अनुसार थोरै जनशक्तीबाट नयाँ कृषि प्रविधि तथा इन्जीनहरुको प्रयोग गरि बढीभन्दाबढी उत्पानद बढाउने अभियान अन्तर्गत यस्ता प्रदर्शनीहरू सञ्चालन गरेको जानकारी दिए । यद्यपी यो पर्याप्त नभएको भन्दै जानकारीसँगै तालिमहरूको समेत व्यवस्था गर्न सरकारको ध्यान जानु पर्नेमा उनको जोड थियो ।

आइतबारसम्म सञ्चालन हुने उक्त ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो २०१७’ प्रदर्शनीमा पछिल्लो मुलुकमा सञ्चालनमा आइरहेकादेखि पछिल्लो समय अन्तर्राष्ट्रिय रूपमा विकास भएका कृषि सम्बन्धी नयाँ–नयाँ यन्त्र तथा प्रविधिको प्रदर्शनी तथा जानकारी गरिइएको छ । कृषि विकास मन्त्रालय, कृषि इन्जीनीयरीङ्ग निर्देशनालय, नेपाल कृषि मेशिनरी व्यवसायी संघको लगायतको संयुक्त आयोजनामा प्रदर्शनीमा करिब १६ मुलुकका प्रदर्शनी रहेको आयोजकको भनाइ छ । माटो खन्ने, वियाड रोप्ने, हुकाउने, सिँचाइ गर्ने, टिप्ने, ग्रेडीङ्ग गर्ने, प्रशोधन गर्ने लगायतका २०÷२५ रुपैयाँदेखि लाखाँै मूल्य पर्ने विभिन्न कृषिका प्रविधि तथा समग्रीहरू रहेका छन् । 

 

 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७३  १८:४०
प्रतिक्रिया दिनुहोस्