site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हारको जिम्मेवारी म लिन्छुः प्रशिक्षक खड्का 

बिराटनगर । भारतसँग पराजित हुँदै उपाधीबाट बञ्चित नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरी खड्काले हारको सबै जिम्मेवारी आफूले लिने बताएका छन् । पाँचौं महिला साफ च्याम्यिनसिप फुटबलमा भारतसँग ३–१ ले पराजित भएपछि प्रशिक्षक खड्काले हारको जिम्मेवारी आफूले लिने बताएका हुन् । 

शारीरिक र टेक्निकल रुपमा अगाडि भारतका खेलाडीबिरुद्ध खेलाडीले केही कमजोरी गर्दा पराजय भोग्नु परेको प्रशिक्षक खड्काको भनाइ छ । “म सम्पूर्ण फुटबल समर्थकसँग माफि माग्छु । खेलाडीले राम्रो खेले । तर केही सिल्ली कमजोरी भयो र हार्न पुग्यौं । यसको जिम्मेवारी प्रशिक्षकका रुपमाम लिन्छु ।”

शुक्रबार घरेलु मैदानमा पहिलो पटक साफ च्याम्पियन बन्ने योजना बनाएको नेपाल अन्ततः भारतसँग स्तब्ध भयो । चौथो पटक फाइनलमा भारतसँग प्रतिस्पर्धा गरेको नेपालले सुरुआती उत्कृष्ट प्रदर्शन गरेपनि दोस्रो हाफमा लय बिगारेको थियो । प्रशिक्षक खड्काले पनि खेलाडीले मजैले खेल्न नसकेको स्वीकार गरे । “डिफेन्सको केही कमजोरी भयो । नहुनु पर्ने गोल भयो । त्यहिले भारतलाई उपाधी जितायो । फुटबल हो गल्ती हुन्छ । तर हाम्रा खेलाडीले गर्नु नहुने गल्ती गरे । जसको कारण भारत हाबी भएको थियो,” प्रशिक्षक खड्काले भने । 

पहिलो हाफ १–१ बराबरी खेलेपनि नेपाल ६३ औं मिनेटमा गोलको शिकार भएपछि दबाबमा आएको थियो । उनले खेलाडीलाई नआत्तिएर यही लय राख्न आग्रह गरेका छन् । अब ओलम्पीक छनोटको तयारीमा जुट्ने बताएका प्रशिक्षक खड्काले महिला फुटबलमा लगानी आवश्यक रहेको बताए । “बिस्तारै महिला फुटबलमा लगानी हुन थालेको छ । एक्सपोजर पाए खेलाडीले अझै राम्रो खेल्नेछन् । ओलम्पिक छनोटमा जानुअघिबाट तयारी गरेर भारतबिरुद्ध खेल्नु ठूलो उपलब्धी हो,” प्रशिक्षक खड्काले भने । 

जितपछि भारतीय टोलीकी प्रशिक्षक मायामोल रक्कीले आफ्नो टिम जितका लागि योग्य रहेको बताइन् । उनले खेल निकै रमाइलो भएको आफ्ना खेलाडी नेपाली दर्शकलाई चिर्न सफल भएको बताइन् । “खेल निकै रोमाञ्चक रह्यो । युवा खेलाडीले घरेलु दर्शक र मैदानलाई चिर्न सके । हामी जितका लागि लायक थियौं,” प्रशिक्षक रक्कीले भनिन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro