site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको विरासत तोडेर नेपाललाई इतिहास रच्‍ने अवसर 

विराटनगर । नौं वर्षअघि (सन् २०१०) पहिलो पटक साफ च्यम्पियनसिप आयोजना हुँदा नेपाललाई उपाधि जित्‍न भारत तगारो बनेको थियो । त्यो हार त्यतिमा मात्र सिमित रहेन । त्यसपछिका संस्करण २०१२ र २०१४ मा पनि नेपालले अन्तिम दुईको ढोका खोल्दा भारत नै बाधक बन्‍यो । पछिल्लो पटक २०१६ को संस्करणमा नेपालको यात्रा सेमिफाइनल भन्दा अघि बढ्न सकेन । त्यति बेलामा पनि नेपालको यात्रा टुंगाउने भारत नै  थियो । 

बंगलादेशको ढाकामा भएको पहिलो संस्करणमा १–० को नतिजा सुम्पिएको नेपालले श्रीलंकामा आयोजना भएको दोस्रो संस्करणमा भारतलाई ३–१ नतिजा सुम्पिएको थियो । 

साफ च्याम्पियनसिपमा भारतविरुद्ध गोल फर्काउने खेलाडी नेपालकी दिपा राई बनेकी थिइन् । पाकिस्तानको इस्लामावादमा आयोजना भएको तेस्रो संस्करण पनि नेपालका लागि सुखद रहेन । त्यति बेला नेपालले ६–० ले नतिजा सुम्पेको थियो ।

त्यसको दुई वर्षपछि २०१६ मा भारतको घरेलु मैदानमा आयोजना भएको चौंथो साफमा नेपालको यात्रा सेमिफाइनलमा टुंगियो । त्यसमा नेपाल भारतसँग ३–१ को पराजित भएको थियो । नेपालले त्यो संस्करणमा भारतविरुद्ध गोल फर्काउदा स्ट्राइकर साबित्रा भण्डारीले गोल गरेकी थिइन् । 

नेपाल फाइनल पुग्‍न नसकेको त्यो संस्करणमा सावित्रा भने सर्वाधिक १२ गोल गर्न सफल भएकी थिइन् । सावित्रा लगातर नेपाली टोलीको मुख्य खेलाडीका रुपमा रहँदै आइकी छन् । 

यति बेला विराटनगरको सहिद रंगशालामा साफ च्याम्पियनसिपको पाँचौ संस्करण जारी छ । शुक्रबार उपाधिको छिनोफानोका लागि फेरि एक पटक नेपाल र भारत आमनेसामने हुँदैछन् । यसपटक पनि सावित्रा च्याम्पियनको चर्चा मै छन् । यसपटक समूह चरणका दुवै खेल र सेमिफाइनलमा पनि सावित्राले गोल गरिसकेकी छन् । 

विराटनगरको गर्मीमा पनि नेपाल टोलीका हौसला बढाउन रंगशाला पुगेका दर्शकले सावित्राका खुट्टमा बल पर्ने बित्तिकै हुटिङ गर्दै हौसला दिन्छन् । यसले सावित्राको लोकप्रियता प्रष्ट हुन्छ । उनीमात्र होइन, नेपाली टोलीका अन्य सदस्यले पनि उच्च प्रदर्शनको प्रयास गरिरहेको छ । जसका कारणले नेपाल सुरुवातबाटै च्याम्प्यिनसिपको दाबेदारमध्य एकका रुपमा प्रस्तुत भइरहेको छ । 

सावित्राकै उच्च प्रदर्शनबाट प्रेरित नेपाल पछिल्लो दुई भेटमा भारतविरुद्ध सुखद नजिता निकाल्न सफल भएको थियो  । कात्तिकमा म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेलेको थियो । पछिल्लो पटक गत महिना भारतमा भएको हिरो वुमन्स गोल्डकपमा नेपालले भारतमाथि २–१ को जित हासिल गरेको थियो । महिला फुटबलमा भारतविरुद्ध नेपालको त्यो पहिलो जित थियो । 

पछिल्लो केही महिना यता उच्च प्रदर्शन गरिरहेको नेपाली सामू पहिलो पटक च्याम्पियन बन्‍ने अवसर फेरि एक पटक मिलेको छ । त्यसका लागि दक्षिण एसियाको सबैभन्दा बलियो र साफको चारवटै संस्करणको विजेता भारतलाई पार लगाउनु पर्नेछ । 

नेपालले समूह चरणमा भुटान र बंगलादेशमाथि समान ३–० को जित निकाल्दा सेमिफाइनलमा बंगलादेशलाई ४–० ले हराएको थियो । भुटानविरुद्धको खेलमा सोचे अनुरुपको गोलअन्तर हुन नसकेपनि बंगलादेशमाथि रोमान्चक जित निकाल्दा खेलाडीले प्रदर्शनमा सुधार देखिएको थियो । प्रशिक्षक हरि खड्काले खेलाडीको मिहिनेतले भारतको विरासत तोड्न तयार रहेको बताएका छन् । उनले फाइनलको दिन नेपालको रहेको बताए ।

उनले भने, "हामी उपाधिका लागि तयार छौं । केही मिहेनत त गर्नुपर्‍यो । समग्रमा हामी ठिक छौं । खेलाडी लयमा छन् । मनोबल उच्च छ । उपाधि हाम्रो हो ।" 

दक्षिण एशियामा आफूलाई अब्बल प्रमाणित गरीसकेको भारतविरुद्ध प्रशिक्षक खड्काले मेहनतको रणनीति बनाएका छन् । उनले भने, "हामीले जित्‍ने भनेको मेहनतले हो । भारत देश पनि ठूलो, लगानी पनि धेरै। खेलाडी शारीरिक र टेक्नीकल रुपमा अब्बल छन् । हामी प्रमाणित गर्ने स्थानमा छौं । त्यही भएर भारतविरुद्ध लडेर उपाधि जित्‍नेछौं।"

लगातार पाँचौं पटक उपाधिउचाल्ने दाउमा रहेको भारतले भने यसअघि नेपालसँग भएको हिरो वुमन्स गोल्डकपको बदला लिँदै उपाधि जित्‍ने योजना बनाएको छ । प्रशिक्षक मायाराम रक्कीले विगतभन्दा खेलमा बढी केन्द्रित हुने बताइन् । नेपालविरुद्ध दबाब र सहज महसुस नगरी खेल्ने उनको भनाई छ । घरेलु मैदानमा साफ आयोजना हुने पक्का भएपछि विशेष तयारीमा जुटेको नेपाल पछिल्ला दुई नतिजाबाट उत्साहित छ । 

ओलम्पिक छनोट,लगत्तै घरेलु प्रतियोगिता र हिरो वुमन्स गोल्डकपमा सहभागी खेलाडी निरन्तरको खेलले लयमा छन् । विशेषत भारतमाथि एतिहासिक जितले नेपाललाइ फेरी साफमा भारतको विरासत तोड्ने मौका छ । 

साफ च्याम्पीयनसिपमा चार पटक भेट भएपनि नेपाल र भारतबीच सम्रगमा १० पटक प्रतिस्पर्धा भएको छ । ४ पटक दक्षिण एशियाली खेलकुद,ओलम्पीक छनोट र हिरो गोल्डकप गरी १० पटक भएको प्रतिस्पर्धा नेपाल १ पटकमात्र विजयी भएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  ०६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro