site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

विराटनगर । श्रीलंकामाथि जित निकाल्दै घरेलु टोली नेपाल पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपाल श्रीलंकामाथि ४–० को जित निकाल्दै चौथो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

नेपालको फाइनल यात्रामा पुनम जर्घामगर, अनिता बस्नेत, रेखा पौडेल र सावित्रा भण्डारीले एक–एक गोल गरे । विराटनगरस्थित सहिद रंगशालामा पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा अग्रता लिएको नेपालले दोस्रो हाफमा ३ गोल गर्यो । पाहुना टोली श्रीलंकाले रक्षात्मक खेलपछि गोल गर्न ४२ औं मिनेट कुरेको नेपालका लागि पुनम जर्घामगरले सावित्राको हेडपासमा उत्कृष्ट गोल गरिन् । 

त्यसपछिको इन्जुरी समयमा नेपालले गोलको अवसर सिर्जना गरेपनि गोल थप्न भने सकेन । दोस्रो हाफमा आक्रामक बनेको नेपालले ७३ औं मिनेटमा अग्रता दोब्बर बनायो । नेपालको अग्रता दोब्बर बनाउन अनिता बस्नेतले गोल गरिन् । किपरबाट रिबाउन्ड भएको बल अनिताको प्रहारबाट गोलमा परिणत भएको थियो । ८२ औं मिनेटमा सावित्राले नेपाललाई ३–० को अवस्थामा पुर्याइन् । अनिताको पासमा सावित्राले हेडमार्फत् गोल गरेकी थिइन् । यो गोलसँगै सावित्राको अन्तर्राष्ट्रिय गोलसंख्या २५ पुगेको छ । उनले योसँगै नेपालकी दोस्रो सर्वाधिक गोलकर्ता जमुना गुरुङसँग बराबरी गरेकी छन् । 

यस्तै ६५ औं मिनेटमा कप्तान निरु थापालाई स्थानान्तर गर्दै मैदान प्रवेश गरेकी रेखा पौडेलले नेपालको अग्रता ४–० मा पुर्याएकी थिइन् । अनिताको पासमा रेखाले राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो व्यक्तिगत गोल गरिन् । बाँकी समय श्रीलंकाको पुनरागमन प्रयास असफल भएपछि नेपाल ४–० ले विजयी भयो । जितसँगै फाइनल पुगेको नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल आजै दिउँसो ३ बजे हुनेछ ।  

भारत यसअघिका चारै संस्करणमा च्याम्पियन बनेको छ । नेपाल ३ पटक फाइनलमा भारतसँग पराजित हुँदा गत संस्करणमा सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro