site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशसँग नेपालको परीक्षा 

रेखा शाही 

काठमाडौं । विराटनगरमा यति बेला पाँचौं महिला साफ च्याम्पियनसिप जारी छ। प्रतियोगिता सुरु भएको पाँच दिन भइसकेको छ। लिग चरणमा दुई खेल बाँकी रहँदा सम्भवत सबैभन्दा रोमाञ्‍चक खेल आजैको हुनेछ। जहाँ आयोजक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोली सेमिफाइनल पुगिसकेका छन्।

त्यसका बाबजुद यो खेल निकै महत्वपूर्ण रहेको छ। कारण महिला साफको सबैभन्दा सफल टोली भारतलाई सेमिफाइनलमा नभेट्नु नेपाल र बंगलादेश दुवैको लक्ष्य हुनेछ। सेमिफाइनलमा भारतलाई सामना नगर्न नेपाल र बंगलादेश दुबै समूह विजेता बन्‍ने लक्ष्यमा हुनेछन्। शनिबार हुने खेलको नतिजाले समूह ए को विजेताको टुंगो लाग्‍ने छ। समूह ए को विजेताले समूह बी को उपविजेताको सेमिफाइनलमा सामना गर्नेछ। आइतबार श्रीलंकाविरुद्धको खेलमा भारत विजयी हुने अनुमानका आधारमा पनि नेपाल र बंगलादेश दुवै समूहको विजेता बन्‍ने लक्ष्यमा हुनेछन्।
 
महिला साफ च्याम्पियनसिपमा भारत पछिको सफल टोली नेपाल हो। सबै चार संस्करण भारतले जित्दा चौथो बाहेक सबै फाइनल भारतले नेपालसँग खेलेको छ।

नेपाल साफ च्याम्पियनसिपमा भारतसँग मात्र पराजित भएको छ। त्यसैले नेपाल भारतलाई सेमिफाइनलमा पाउन चाहँदैन। अघिल्लो संस्करणमा नेपालले सेमिफाइनलमा भारतको सामना गर्नुपरेको थियो। जसमा नेपालले भारतलाई पार लगाउन सकेन। भारत र नेपाल पछि अर्को सफल टोली बंगलादेश हो। जसले तीन वर्षअघि भारतमा भएको चौंथो संस्करणमा पहिलो पटक फाइनल खेलेको थियो।
 
समूह चरणका अघिल्ला दुई खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएका थिए । दुबैले भुटानलाई हराउँदा खाली गोल अन्तर मात्र फरक रह्यो। नेपालले पहिलो खेलमा भुटानलाई ३-० ले र बंगलादेशले २-० ले हराएको थियो। नेपाल र बंगलादेश शनिबार दिउँसो ३:०० बजे एकअर्काविरुद्ध उत्रँदा निश्चित जितका साथ उत्रनेछन्।
 
घरेलु मैदान र दर्शकको साथ पाएको नेपाली महिला टोली उच्च मनोबलमा छ। प्रशिक्षक हरि खड्काले भुटानसँगको खेलको कमजोरी बंगलादेशविरुद्धको खेलमा दोहोरिन नदिने बताएका छन्। प्रशिक्षक खड्काले जितको लक्ष्यसहित आक्रमक खेल्ने र सँगसँगै सतर्क रहेन बताएका छन्। “साफमा बंगलादेशले आफूलाई प्रमाणित गर्दै लगिरहेको छ", उनले भने, "हामी उनीहरुको कमजोरीको फाइदा उठाउँदै अघि बढ्नेछौं। तर, हामीले पनि सम्हालिएर खेल्नुपर्ने हुन्छ।"
 
महिला फुटबलमा क्रमश सुधार गरिरहेको बंगलादेश भुटानसँगको जितपछि उत्साहित छ। सेमिफाइनलमा भारतसँगको सम्भावित भेटलाई टार्नका लागि पनि बंगलादेशले नेपालसँगको खेललाई फाइनल सोचेर खेल्न सक्नेछ। 

साफमा नेपाल भारतसँग बाहेक कुनै टोलीसँग पराजित भएको छैन। नेपालले बंगलादेशलाई साफ च्याम्पियनसिपमा सधै हराएको छ। यद्दपी कार्तिकमा म्यानमारमा भएको ओलम्पिक छनोटको पछिल्लो भेटमा नेपाल र बंगलादेशले १–१ को बराबरी खेलेका थिए। 

सन् २०१० मा भएको पहिलो संस्करणमा बंगलादेशलाई ३-0 ले हराएको नेपालले २०१४ मा १-० को जित दर्ता गराएको थियो। समूह चरणको नेपाल र बंगलादेश दुबैका लागि महत्वपूर्ण भएकोले प्रतिस्पर्धात्मक र रोमाञ्‍चक हुने अपेक्षा गरिएको छ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  २३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro