site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । वीर अस्पतालले क्यान्सर रोगका बिरामीहरुको उपचारमा प्रयोग गरिने अत्याधुनिक नयाँ प्रविधिको टोमोथेरापी मेसिन खरिद गरेर ल्याएको चार महिना बित्दा पनि सञ्चालनमा आउन सकेको छैन्। उक्त मेसिन गत मंसिर अन्तिम साताबाट नै सञ्चालनमा ल्याउने अस्पतालले बताउँदै आएको थियो। 

अस्पतालले सो मेसिन अमेरिकाको एकुरे कम्पनीबाट ४० करोडमा खरिद गरेर ल्याएको जनाएको छ। नयाँ मेसिन राख्ने स्थान पुरानो कोबाल्ट ६० रेडियोथेरापी मेसिन व्यवस्थान गर्न नसक्दा स्थान अभावले ढिलो भएको अस्पताल प्रशासनले जनाएको छ।

उक्त मेसिन अस्पतालमा नयाँ भएकाले कसरी सञ्चालन गर्ने भन्‍ने विषयमा डा कञ्चन अधिकारी र प्राविधीक दिलिप ताम्राकारलाई तालिम लिन जापान पठाएको छ।

अस्पतालका निर्मित निर्देशक डा भुपेन्द्र बस्नेतले पुरानो मेसिन व्यवस्थापन गर्ने र नयाँ मेसिन ल्याउने सम्झौता भएको अमेरिकाको एकुरे कम्पनीले मेसिन नलैजाँदा ढिलो भएको बताए। “अहिले नयाँ टोमोथेरापी ल्याएको अमेरिकाको एकुरे कम्पनीले मेसिन ल्याउने मात्र काम गर्‍यो तर पुरानो रेडियोथेरापी मेसिन भने लगेन। जसले गर्दा अर्को क्यानेडियाको कम्पनीसँग पुरानो मेसिन लैजाने सम्झौता भएको छ। अबको दुई महिनासम्ममा क्यानेडियाको कम्पनीले मेसिन लगिसक्छ र सो स्थानमा नयाँ मेसिन जडान गरेर सञ्चालन आउँछ”, उनले भने।

उनले थपे, “पुरानो कोबाल्ट मेसिनमा अत्यधिक विकिरण भएकाले त्यसले मानव स्वास्थ्यमा पर्ने घातक असरबाट जोगाउन सुरक्षित स्थान र अत्याधुनिक प्रविधिको सहायताले मात्र नष्ट गर्नुपर्ने हुन्छ।”

क्यान्सरको उपचारमा अन्य उपकरणको तुलनामा ज्यादै कम साइड इफेक्ट गर्ने तर प्रभावकारिताका हिसाबले अब्बल मानिएको अत्याधुनिक उक्त मेसिन दुई महिनापछि सञ्चालनमा आउने निर्मित निर्देशक डा बस्नेत बताउँछन् ।

अस्पतालमा सो सेवा बन्द हुनुभन्दा अघि दैनिक ७० जनासम्मले सेवा लिने गरेका अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा विवेक आर्चाय बताउँछन्। उनले भने, “रेडियोथेरापी सेवा बन्द हुनुभन्दा अघि अस्पतालले ५ हजारदेखि ८ हजार रुपैँयासम्ममा सेवा दिँदै आएको थियो।”

हरेक दिन ६५ जनासम्म क्यान्सर रोगका बिरामी उपचारका लागि आउने गरेको अस्पतालको क्यान्सर विभागको तथ्याकंले देखाएको छ।

गत वर्ष अस्पतालमा क्यान्सर रोगका करिब ७ सय बिरामी भर्ना भएका थिए। ती मध्ये ५ सय ५० बिरामीलाई रेडियोथेरापी सेवा लिनुपर्ने अस्पतालको क्यान्सर विभागको तथ्याकंले देखाएको छ। तीन वर्षअघि तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले सो अत्याधुनिक मेसिन खरिदका लागि बजेट विनियोजन गरेका थिए। 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  ०८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro