site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुखद् सुरूवातको लक्ष्यसहित भुटानसँग खेल्दै  नेपाल

काठमाडौं । घरेलु मैदानमा सुखद नतिजाको रणनितीसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली पाँचौं महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार भुटानविरुद्ध खेल्दैछ।

समुह ए मा रहेको आयोजक नेपाल तुलनात्मक रुपमा कमजोर मानिएको भुटानविरुद्ध खेल्न लागेको हो। विराटनगरस्थित सहिद रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुनेछ। नेपाली टोलीका प्रशिक्षक हरि खड्काले प्रतिद्‍वन्दीलाई कमजोर र बलियो नआकी आफनो खेल प्रदर्शन गर्ने बताए। उनले भने, "सबै टोलीप्रति उत्तिकै सम्मान छ। भुटानलाई कमजोर नसोची आफ्नो खेल देखाउनेछौं।"

भुटानले नेपालको यु-१९ टोलीसँग खेलका दुई मैत्रीपुर्ण खेललाई मध्यनगर गर्दै प्रशिक्षक खड्काले टोली रणनीति बनाएका छन्। उनले थपे, "मैत्रीपूर्ण खेलमा भुटान कमजोर देखिएको थियो। त्यही अनुसार टिम योजना बनाएको छु। घरेलु मैदानमा हामी सुरुवात सुखद बनाउने लक्ष्यमा छौं। अपेक्षा अनुसार नतिजा आउनेछ।"

भुटानले यही साता नेपालको यु-१९ टोलीसँग खेलेका दुबै मैत्रीपूर्ण खेलमा बराबरी गरेको थियो। प्रशिक्षक खड्काले सुरुवातको खेलले जितको आधार तय गर्ने भएकाले खेलाडी मानसिक र शारीरिक रुपमा निकै उत्साहित रहेको बताए।
 
टोली कप्तान निरु थापाले सहज जित निकाल्ने बताइन्। उनले भनिन्, "हामीले भुटानविरुद्ध यसअघि सहज जित निकालेका छौं। पहिलो खेलको योजना यही हो हाम्रो। राम्रो खेल प्रदर्शन गर्नेछौं।"
 
भुटानका प्रशिक्षक सुङ जाइ लिले आयोजकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेको बताएका छन्। एक साताअघि नेपाल आएर दुई मैत्रीपुर्ण खेलबाट प्रशिक्षक सुङले टोलीको रणनीती बनाएका हुन्। खेलअघि सोमबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक सुङले टोलीमा युवा खेलाडी सामेल रहेकाले राम्रो प्रदर्शनको अपेक्षा गरेको बताएका थिए।
 
नेपालले भुटानविरुद्ध खेलेका चारै खेलमा जित निकालेको छ। पछिल्लो पटक २०१४ र २०१६ को साफ च्याम्पियनसिपमा नेपालसँग प्रतिस्पर्धा गरेको भुटान ८-० को गोलअन्तरले पराजित भएको थियो। 

पहिलो पटक घरेलु मैदानमा आयोजना हुन लागेका साफ च्याम्पियनसिपमा नेपाल उपाधिको लक्ष्यमा छ। नेपालले हालै भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकपमा साफको सफल राष्ट्र भारतमाथि जित निकालेको थियो। त्यसअघि ओलम्पिक छनोटमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो। 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  ०६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro