site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसम परिवर्तनसँगै मौसमी रोगहरु बढ्‍दै, कसरी बच्‍ने ?

काठमाडौं । मौसम परिर्वतनसँगै मौसमी रोगका बिरामी बढ्न थालेको चिकित्सकहरुले जानकारी दिएका छन्। राजधानीको वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल( टिचिङ्) र कान्ति बाल अस्पताललगायतका अस्पतालमा मौसमी रुघाखोकी, टाइफाइड, ज्वरोलगायतका बिरामी बढेको चिकित्सकहरुले बताएका हुन्।
 
वीर अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा भोलाराम श्रेष्ठले मौसम परिवर्तनको समयमा रुघाखोकी, ज्वरो , टाउको दुख्नेलगायतको समस्या लिएर आउने बिरामी बढेको जानकारी दिए। उनले भने, “रुघाखोकी लागेको दुई दिनदेखि तीन दिनसम्म घरमै आराम गरेर सफा ताजा खानेकुरा खाएमा निको हुन्छ। तर लामो समयसम्म पनि यस्तो समस्या देखिएमा उपचारका लागि अस्पताल जानुपर्छ।”

त्यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुनका अनुसार अस्पतालमा पहिला दैनिक १० जनासम्म उपचारका लागि आउने गरेकोमा अहिले दैनिक २० जनासम्म ज्वरो, टाइफाइड, रुघाखोकीलगायतका समस्या लिएर आउने गरेको बताए। “मौसम परिवर्तनको समयमा खानपानमा ध्यान नदिदाँ मौसमी रोगहरु देखापर्ने हुन्छन्”, उनले भने, “बाहिर नछोपेर राखेका खानेकुरा नखाने ,सफा ताजा र राम्रोसँग पाकेको खानेकुरा खाएमा मौसमी रोगहरुबाट बच्न सकिन्छ।”
 
कान्ति बाल अस्पतालका निर्देशक डा गणेश राईले मौसम परिवर्तनसँगै बालबालिकामा टाइफाइडको समस्या बढी देखिएको बताए। बालबालिकाको सरसफाई र खानपानमा ध्यान नदिँदा टाइफाइड, झाडापखाला र जन्डिसको समस्या देखिन थालेको छ। अभिभावकले पनि बालबालिकालाई मौसम परिर्वतनको समयमा विशेष ध्यान दिएमा यस्तो समस्याबाट जोगाउन सकिने निर्देशक डा राई बताउँछन्।
 
त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा अनुप बास्तोलाले जाडो सकिएर गर्मी सुरु भएको समयमा वातावरण प्रदुषण बढी हुने हुँदा छातिको र छालाको संक्रमणका बिरामी बढी आउने गरेको जानकारी दिए। यस्तो समस्याले बालबालिका र वृद्धावृद्धाहरुलाई बढी सताउने हुँदा बिहान बेलुका न्यानो कपडा लगाइदिने र घर बाहिर जाँदा मास्कको प्रयोग गर्ने, गर्न लगाउने गर्नुपर्ने उनले बताए। 

मौषम परिवर्तनको समयमा विशेष गरेर भान्साको सरसफाई गर्नुका साथै उमालेको पानी वा निर्मलीकरण गरेको पानी मात्र पिउने र धेरै भिडभाडमा समेत भरसक नजाने गरेमा यस्तो समस्याबाट बच्न सकिने डा बास्तोलाको सुझाव छ।
 
कसरी बच्ने ?

बासी सडेगलेका खानेकुरा नखाने ।
सरसफाईमा विशेष ध्यान दिने ।
खाना खानुभन्दा अघि राम्रोसँग हात धोएर खानेकुरा खाने ।
भान्साको सरसफाईमा ध्यान दिने ।
पानी उमालेर वा क्लोरिन राखेर पानी शुद्धिकरण गरेर मात्र पानी पिउने ।
राम्रोसँग पकाएर मात्र खानेकुरा खाने ।
घर बाहिर जाँदा मास्कको प्रयोग गर्ने ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro