site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनस्वास्थ्यमा गम्भीर लापरबाही: अनुमानका भरमा हात्तीपाइलेको औषधी वितरण

काठमाडौं । सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ। तर सोही अनुसार हरेक वर्ष हात्तीपाइले रोग नियन्त्रण कार्यक्रमका लागि वार्षिक करोडौं रकम खर्च हुँदै आए पनि बिरामीको यकिन तथ्याकं सरकारसँग छैन्। लक्षण देखिएका बिरामीको तथ्यांकसमेत पत्ता लगाउन नसकेकाले सरकारले सन् २०२० सम्म मुलुकमा हात्तीपाइले निवारण गर्न बोकेको लक्ष्य सफल हुने शंका उत्तपन्न भएको छ। 

सरकारको यही चालले सन् २०२० हात्तीपाइले निवारण गर्ने सरकारी योजना असफल हुनसक्ने विज्ञहरु बताउँछन्।

हात्तीपाइले रोग निवारण घोषणा गर्न विरामीको संख्या एक प्रतिशतभन्दा कम हुनुपर्छ। हाल देशभर करिब ३० हजार हात्तिपाइलेका बिरामी रहेको ईपिडिमियोलोजी तथा रोग निणन्त्रण महाशाखाले जनाएको छ।

हात्तीपाइलेविरुद्धको अभियानका लागि यस वर्ष सरकारले २० करोड ६० लाख ७० हजार रकम विनियोजन गरेको छ। हालसम्म सरकारले ६३ जिल्लामा यस रोगको औषधी खुवाई सकेको महाशाखाले जनाएको छ। नेपालमा सन् २००३ बाट औषधी खुवाउन सुरू गरेको थियो।
 
महाशाखाका प्रमुख डा विवेक लालले सरकारी योजना अनुसार सन् २०२० सम्ममा नेपालबाट निवारणको गर्ने प्रयास भइरहेको बताए। उनले भने, "यो रोग निवारण भइसकेका जिल्लामा पुन देखिन थालेकाले समस्या थप जटिल बनेको हो।”

अबको एक वर्षमा नेपालमा हात्तीपाइले निवारण हुन्छ त भन्ने प्रश्नमा डा लालले भने, “सरकारले सन् २०२० मा हात्तीपाइले रोग नेपालबाट निवारण गर्ने सरकारी लक्ष्य लिएको छ। तर लक्ष्य अनुसार नै निवारण हुने आधारहरु भने देखिदैनन्।

हातखुट्टामा निलोकालो धर्साहरु देखिने, सुन्निने, शरिरमा गिर्खा आउने, गिर्खा विस्तारै बढ्दै जाने, ज्वरो आउने, शरिर काँप्ने, पिसाब सेतो वा रातो आउनेलगायतका लक्ष्ण देखिएमा  हातिपाइले भएको हुन सक्छ।

सरकारले हात्तीपाइलेको अभियान सञ्चालन गरेको जिल्लाका विरामीलाई वर्षमा एक पटक ६ वर्षसम्म दुई प्रकारका औषधि डीईसी (डाइ ईथाइल कार्बामाजिन) र अल्बेन्डाजोल खुवाउँदै आएको छ। यो औषधी हालसम्म ६३ जिल्लाका १० करोडभन्दा बढीले सेवन गरिसकेका छन्। औषधी सेवन गरिरहेका बिरामीहरुको पनि सरकारसँग यकिन तथ्याकं छैन्। यो औषधी बिरामीको पहिचान नै नगरी सबैलाई अनुमानको भरमा औषधी सेवन गराउँदै आएको छ।

हातिपाइलेको औषधी खाली पेटमा खान नहुने, दुई वर्ष उमेर नपुगेका बालबालिकालाई गर्भवती र सात दिनसम्मको सुत्केरी, सिकिस्त बिरामी ,गम्भीर रोगको औषधी सेवन गरिरहेकाहरुले हात्तीपाइलेको औषधी सेवन गर्न हुने चिकित्सकहरु बताउँछन्।

हात्तीपाइले रोग जुका जस्तै (मसिनो धागो आकार) को उच्चेरेरिया बाँन्क्रोफ्टी नामको परजीविबाट लाग्छ। यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। सरकारले हात्तीपाइलेको लक्षण देखिएका बिरामीहरुको उपचार र जीवनयापनमा सहयोग गर्दै आएको छ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro