
काठमाडौं । हिरो वुमेन्स गोल्डकपको पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । भारतको उडिसास्थित कालिंगा रंगशालामा भएको खेलमा नेपाल म्यानमारविरुद्ध ३–० ले पराजित भएको हो । पहिलो हाफमा १–० ले नेपाल दोस्रो हाफमा दुई गोलको शिकार भएको थियो । पहिलो गोल ४४ औं मिनेटमा गरेको म्यानमारले दोस्रो ५२ तथा अन्तिम गोल ७७ औं मिनेटमा गरेको थियो ।
फिफा बरियतामा ४४ स्थानमा रहेको म्यानमारलाई कात्तिकमा भएको ओलम्पीक छनोटमा नेपालले १–१ को बराबरीमा रोकेको थियो । घरेलु मैदानमा आयोजना हुन लागेको पाँचौं महिला साफ च्याम्पियनसीप अघि कमजोरी औँल्याउने लक्ष्यसहित नेपाल गोल्डकपमा सहभागी भएको हो ।
नेपालले दोस्रो खेल सोमबार भारतबिरुद्ध खेल्नेछ । साफको बलियो प्रतिद्वन्द्वीबिरुद्ध नेपाल भारतका कमजोरी औल्याएर साफमा फाइदा उठाउने रणनीतिमा छ । नेपालले अन्तिम खेल फागुन १ गते इरानसंग खेल्ने छ । एकसाताको घासे मैदानको अभ्यासपछि झापाबाट नेपाली महिला टोली मंगलबार भारत गएको हो ।
साफ च्याम्पीयसिपको तयारी स्वरुप भारतले आयोजना गरेको चार राष्ट्र सम्मिलित हिरो वुमेन्स गोल्डकपमा आयोजक भारतसहित,नेपाल म्यानमार र इरान सहभागी छन् ।