site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय महिला फुटबल टोली झापातिर, प्रशिक्षक खड्का भन्छन्– भारतसँगको खेल महत्वपूर्ण
SkywellSkywell

काठमाडौं । दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा करिव डेढ महिनाको प्रशिक्षणपछि नेपाली राष्ट्रिय महिला फुटबल टोली बुधबार झापा गएको छ । एन्फा कम्प्लेक्सको कृत्रिम मैदानको अभ्यासमा सीमित टोली साफ च्याम्पियनसिपअघि भारतमा हुने चार राष्ट्र सम्मिलित प्रतियोगिताको तयारीस्वरुप घाँसे मैदानको अभ्यासमा टोली झापा जान लागेको हो । घाँसे मैदानमा एक साताको अभ्यासपछि महिला टोली भारतको उडिसा जानेछ । 

\"\"पाँचौं महिला साफ च्याम्पियनसिप र ओलम्पीक छनोटको दोस्रो चरणको तयारी स्वरुप भारतले माघ २४ गतेबाट ‘फोर नेसन टुनार्मेन्ट’ आयोजना गरेको हो । जसमा नेपालसहित आयोजक भारत म्यानमार र श्रीलंकाको राष्ट्रिय टोली सहभागी हुँदैछन् । त्यही प्रतियोगिताबाट साफ च्याम्पियनसिपमा मुख्य प्रतिद्वन्द्वी मानिएको भारतविरुद्ध रणनीति बनाउने नेपालको लक्ष्य छ । चौथो संस्करणसम्म च्याम्पियन हुन नसकेको नेपालका लागि भारतविरुद्धको यो प्रतियोगिता महत्वपूर्ण रहेको प्रशिक्षक हरि खड्का बताउँछन् । 

साफ च्याम्पियनसिपको रणनीतिका लागि मात्र डेढ महिनासम्म गरेको प्रशिक्षणको उडिसामा परीक्षा हुने प्रशिक्षक खड्काको बुझाई छ । श्रीलंका र आयोजक भारतसँग साफ च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गर्नुपर्ने भएकाले टोलीका सकारात्मक र नकारात्मक पक्ष पत्ता लगाउन सजिलो हुने प्रशिक्षक खड्काले बताए । 

KFC Island Ad
NIC Asia

खेलाडीका कमजोरी औल्याउन समेत त्यो प्रतियोगिताले फाइदा पुग्ने बताएका प्रशिक्षक खड्काले भने, “कतिपय खेलाडी प्रशिक्षणमा राम्रो गर्ने तर खेलमा ‘नर्भस’ हुने समस्या हुन्छ । त्यस्तै, समस्या समाधानका लागि टोलीलाई बढि भन्दा बढि खेलको आवश्यकता पर्छ । हामीलाई पनि प्रतियोगिताको पूर्वसन्ध्यामा यो प्रतियोगिता खेल्ने अवसर मिलेको छ । टिम परीक्षामा सफल हुने मैले विश्वास लिएको छु ।” कृत्रिम र घाँसे दुबै मैदानको अभ्यासले महत्वपुर्ण खेलमा सहज हुने प्रशिक्षक खड्काको भनाई छ । 

परिवर्तित टोली 
\"\"कात्तिक अन्तिममा वलियो मानिएका प्रतिद्वन्द्वी म्यानमार र भारतलाई बराबरीमा रोेक्दै ओलम्पिक छनोटको दोस्रो चरणमा स्थान बनाएको महिला टोली त्यस यता प्रशिक्षणमा छ । पाँचौं प्रधानसेनापति अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल र केही दिनको विश्रामपछि मंसिर २७ गतेबाट सुरु गरिएको प्रशिक्षणमा ३ विभागीय क्लब र जिल्लाबाट गरी ३४ खेलाडी सहभागी भएका थिए । त्यसमध्येबाट २३ खेलाडी छनोट गरीसकेका प्रशिक्षक खड्का खेलाडीमा आएको निखारबाट खुसी छन् । 

Royal Enfield Island Ad

“प्रशिक्षणमा आउँदा र अहिलेको अवस्थामा खेलाडीमा निकै परिवर्तन आएको छ । फिटनेशदेखि खेलमा समेत आफूलाई प्रमाणित गर्न मेहनतका साथ लागि परेका छन् । सबैभन्दा ठूलो कुरा केही गर्नुपर्छ भन्ने भावना छ । म्यानमारमा देखिएको इन्डुरेन्स र स्ट्रेन्थको कमजोरी सुध्रिएको छ । यतिमात्र नभइ टोलीको खेल्ने तरीका पनि परिवर्तन गरेको छु,” प्रशिक्षक खड्काले भने ।

“फिजिकल रुपमा खेलाडी निकै फिट छन् तर टेक्नीकल फिटनेशमा अलि समस्या छ । म त भन्छु फुटबल भनेको गेम अफ मिस्टेक हो यसलाई कम गर्न खेलाडीहरु लागिपरेका छन्,” प्रशिक्षक खड्काले थपे । 

समस्या कहाँ ?
\"\"ओलम्पीक छनोटपछि उच्च मनोबलमा रहेको टोलीको मुख्य समस्या गोल स्कोरिङमा रहेको प्रशिक्षक खड्काले औंल्याएका छन् । “खेलाडीबीच समन्वय हुन नसक्दा गोल नहुने समस्या छ । पाएका अवसरमा खेलाडी चुकेको देख्छु अहिले यो समस्या बिस्तारै कम भएको छ । यो पक्ष सुर्धाने हो भने हामी उत्कृष्ट छौं,” प्रशिक्षक खड्काले भने । अवसर सदुपयोग हुन नसक्नु मात्र चुनौती रहेको प्रशिक्षक खड्काले बताए । “पहिले जस्तो भारत भन्दा खेलाडी आत्तिने समस्या हटिसकेको छ । अहिले भारतले नेपाललाई बलियो मानेको छ । त्यही अनुसार हामीले प्रदर्शन गर्नुपर्ने आवश्यकता छ” प्रशिक्षक खड्काले थपे । 

‘फोर नेसन’को परीक्षा 
\"\"कमजोरी सुधार्ने र प्रतिद्वन्द्वीका समस्या पत्ता लगाउन ‘फोर नेसन’ निकै महत्वपुर्ण हुने कप्तान अनु लामाको बुझाई छ । त्यहि अनुसार खेलाडी तयार रहेको उनले बताइन् । “पहिले जस्तो छोटो समयको तयारी नभइ लामो समयदेखि अभ्यास गरिरहेका छौं । एकअर्काको खेलसँग परिचित छौं । आशा छ, हामी यो परीक्षामा पास हुन्छौं,” कप्तान लामाले भनिन् । टोलीकी महत्वपूर्ण खेलाडी निरु थापाले जितका लागि आतुर रहेको बताइन् । “भारतसँग हार्छौैं जस्तो लाग्दैन । त्यही अनुसार मानसिक रुपमा तयार छौं”‘ निरुले भनिन् । 

नेपाली टोली 
\"\"२०१० बंगलादेशबाट सुरु महिला साफ च्याम्पियनसिपमा नेपाल ३ पटक फाइनलबाट बाहिरिएको छ भने गत संस्करणमा सेमिफाइनलबाट घर फर्किएको थियो । यसपटक पाँचौं संस्करण नेपालमा हुँदैछ । विराटनगरको सहिद रंगशालामा प्रतियोगिता आयोजनाको तयारी भइरहेको छ । नेपाल घरेलु मैदानमा ट्रफी राख्ने लक्ष्यमा छ । साफ च्याम्पियनसिपका लागि तयारीमा रहेको २३ सदस्यीय नेपाली टोलीमा तीन गोलकिपर, आठ रक्षक, आठ मिडफिल्डर र चार फरवार्ड छन् ।

नेपाली टिम 
 

\"\"गोलकिपर– अन्जना राना मगर, उषा नाथ, अन्जिला तुम्बापो सुब्बा  
रक्षक– हिराकुमारी भुजेल, गिता राना, पुनम मगर, अमृता जोशी, कविता धिमाल, सुनिता चौधरी, पूजा राना, मनमाया लिम्बु 
मिडफिल्डर– विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जलीकुमारी योञ्जन, सर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी 
फरवार्ड– अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro