site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संकटा प्रशिक्षकको उत्कृष्ट ११ मा मनाङका पाँच खेलाडी

काठमाडौं । पाँच वर्षपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु हुँदा चार महिनाअघि संकटा क्लबलाई कसैले पनि उपाधिको दाबेदारका रुपमा पत्याएका थिएनन् । काठमाडौंको मुटु टेबहालको क्लबले हदैसम्मको सफलता हासिल गरे अंकतालिकाको मध्यपंक्तिसम्म पुग्ने धेरैको अनुमान थियो । 

तर मंगलबार एन्फा कम्प्लेक्स र सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा लिग सम्पन्न हुँदा संकटाको प्रभाव पूर्वानुमानजस्तो कमजोर रहेन । मनाङ मर्स्याङदी क्लबले उपाधिमा आठौं पटक कब्जा जमाउँदा संकटा क्लबले उपविजेताको स्थान सुरक्षित गर्यो । मनाङलाई उपाधिमा सबभन्दा नजिकबाट संकटाले नै चुनौती दियो । 

नेपाली फुटबलको शीर्ष डिभिजनको लिगमा १४ टोलीले राउन्ड रोबिन पद्धतिअनुसार प्रतिस्पर्धा गर्दा ९१ खेल भए । लिग अन्तिम चरणमा रहँदा ९१ खेलको समग्र मूल्यांकनमा कसले उत्कृष्ट प्रदर्शन गर्यो भनेर बाह्रखरीले सहभागी  क्लबका प्रशिक्षकलाई सोधेको थियो । १४ क्लबबाट सहभागी ३ सय ७१ खेलाडीमध्ये विभिन्न पोजिसनमा उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीको नाम सोध्दा उपविजेता टोलीका प्रशिक्षक सल्यान खड्गीले च्याम्पियन मनाङका ५ खेलाडीलाई रोजे । चार क्लबबाटै ११ खेलाडी रोज्ने क्रममा उनले आफ्नै क्लब संकटा, थ्री स्टार र त्रिभुवन आर्मीबाट दुई–दुई खेलाडीमाथि विश्वास राखे ।

तपार्इंको प्रशिक्षणमा यो लिगबाट ४–२–३–१ को संरचनामा पहिलो रोजाइको टिम बनाउनुपरे कस–कसलाई रोज्नुहुन्छ भनेर बाह्रखरीले सोध्दा संकटा प्रशिक्षक खड्गीले गोलकिपरमा मनाङका विशाल श्रेष्ठको नाम लिए । यसैगरी उनले दुई सेन्ट्रल रक्षकमध्ये एकमा आफ्नै टिमका तम्पी अरनेस्ट र मनाङका सुरज बिकलाई रोज्दा रक्षापंक्तिको बायाँ भागमा आफ्नै खेलाडी अमित तामाङ तथा दायाँपट्टी आर्मीका विकास खवासमाथि विश्वास देखाए ।

होल्डिङ मिडफिल्डमा आर्मीका सन्तोष तामाङ र थ्री स्टारका विक्रम लामाको जोडी रोजेका प्रशिक्षक खड्गीले विंग्सको दुवै भागमा मनाङका खेलाडी रोजे । वायाँ विंग्समा एडिलेजा सोमिडेलाई रोजेका उनले दायाँतिर अञ्जन विष्ट, आक्रामक मिडफिल्ड–फरवार्डमा थ्री स्टारका निराजन खड्का तथा मुख्य स्ट्राइकरमा मनाङका अफिज ओलावालेको नाम लिए । खड्गीको रोजाईमा परेका उत्कृष्ट ११ बाट गोलकिपर विशाल श्रेष्ठ एन्फाको उत्कृष्ट गोलकिपर तथा आर्मीका विकास खवास उदीयमान खेलाडीको पुरस्कार पाउन सफल भएका थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro