site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरमा रेडियोथेरापी मेसिन अझै अलपत्र, निजीको सेवा महँगो

काठमाडाैं । वीर अस्पतालले क्यान्सर रोगका बिरामीलाई उपचारमा प्रयोग गरिने रेडियोथेरापी मेसिन खरिद गरेर ल्याएको दुई महिना बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । तीन वर्षदेखि बन्द रहेको रेडियोथेरापी सेवा मंसिर महिनाबाट नै सञ्चालनमा ल्याउने अस्पतालले बताउँदै आएको थियो । तर अमेरिकाको एकुरे कम्पनीबाट ल्याइएको कोबाल्ट ६० रेडियोथेरापी मेसिन अस्पताल आइसकेको भएपनि त्यसलाई राख्ने ठाउँमा पुरानो मेसिन हुँदा स्थान अभावले तत्कालै सञ्चालनमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ । अस्पतालले सो मेसिन अमेरिकाको एकुरे कम्पनीबाट ४० करोड रुपैयाँमा खरिद गरेर ल्याएको हो ।

अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले नयाँ रेडियोथेरापी मेसिन ल्याउने र बिग्रिएको कोबाल्ट ६० रेडियोथेरापी मेसिनलाई लैजाने सम्झौता भएकोमा एकुरे कम्पनीले मेसिन नलग्दा समस्या भएको बताए । “मेसिन आएको दुई महिना भइसक्यो । तर राख्ने ठाउँ खालि नहुँदा सञ्चालनमा ल्याउन सकिएको छैन,” उनले भने, “अमेरिकाको एकुरे कम्पनीले मेसिन नलैजाँदा अर्को क्यानेडियन कम्पनीसँग केही दिन अघिमात्र माघको २ गतेसम्म लैजाने सम्झौता गरिएको छ । त्यसले लैजानेबित्तिकै जडान गरेर सञ्चालनमा ल्याइनेछ ।” 

यो सेवा बन्द हुनुभन्दा अगाडि अस्पतालले ५ हजारमा रेडियोथेरापी सेवा दिएको थियो । अब नयाँ मेसिन सञ्चालन हुनेबित्तिकै ५ हजारमा नै सेवा लिन सकिने निर्देशक डा. बस्नेत बताउँछन् ।

अस्पतालमा हरेक दिन ६५ जनासम्म क्यान्सर रोगका बिरामी उपचारका लागि आउने गरेको अस्पतालको क्यान्सर विभागका प्रमुख डा. विवेक आचार्य बताउँछन् । गत वर्ष अस्पतालमा क्यान्सर रोगका करिब ७ सय बिरामी भर्ना भएका थिए । ती मध्ये ५ सय ५० बिरामीलाई रेडियोथेरापी सेवाको आवश्यकता थियो । उनले भने, “रेडियोथेरापी सेवा लिनुपर्ने बिरामी निजीमा महँगो शुल्क तिर्न बाध्य छन् ।”

सामान्यतया क्यान्सरका बिरामीले पाँचदेखि सात हप्तासम्म रेडियोथेरापी गर्नुपर्छ । क्यान्सर भएका बिरामीलाई शल्यक्रियाअघि रेडियोथेरापी गर्न जरुरी भएकाले यसको बढी महत्व हुने क्यान्सर रोग विशेषज्ञहरु बताउँछन् । रेडियोथेरापी उपचारको माध्यमले  ट्युमरको आकार घटाउनुका साथै यसले शल्यक्रिया गर्न पनि सजिलो बनाउने डा. आचार्यको भनाइ छ । 
अस्पतालमा २०७२ सालमा ६ सय ५० क्यान्सर रोगीले रेडियोथेरापी सेवा लिएका थिए । २०७३ सालमा ६ सय क्यान्सरका बिरामी अस्पतालमा उपचारका लागि आएकोमा  ५ सय ५० जनालाई रेडियोथेरापी गनुपर्ने आवश्यकता थियो । तर, मेसिन नहुँदा उनीहरुलाई रेडियोथरापी सेवा दिन नसकिएको बताइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro