site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१० महिनामा त्रिभुवन विमानस्थलमा साढे ५८ लाख यात्रु
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा १० महिना अवधिभित्र ५८ लाखभन्दा बढी हवाई यात्रु आवागमन भएको छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१८ जनवरीबाट अक्टोबर महिनाभित्र अन्तर्राष्ट्रिय र आन्तरिक गरी ५८ लाख ४३ लाख ४ सय ४२ यात्रु आवागमन भएको हो ।

उड्डयन प्राधिकरण त्रिभुवन अन्तराष्ट्रियसहित देशभरका विमानस्थल सञ्चालन गर्ने प्रमुख निकाय पनि हो । प्राधिकरणको २०औं वार्षिकोत्सवमा सोमबार महानिर्देशक सञ्जीव गौतमले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार पछिल्लो १० महिनामा ३५ लाख ४२ हजार ५ सय ८७ अन्तर्राष्ट्रिय र २३ लाख ८ सय ५५ आन्तरिक हवाई यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । हाल त्रिभुवन विमानस्थलमा नेपालका तीन तथा अन्य १३ देशका २६ गरी २९ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले २३ गन्तव्यबाट नेपालका लागि उडान गरिरहेका छन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय हवाई यात्रु आवागमन अघिल्लो वर्षको सोही अवधिको दाँजोमा १३ दशमलव ८५ प्रतिशत र आन्तरिक यात्रु आवागमन १५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको थियो । १० महिनामा अन्तर्राष्ट्रिय जहाज आवागमनमा २ दशमलव २० प्रतिशत र आन्तरिक जहाज आवागमनमा २ दशमलव ७३ प्रतिशतले बढोत्तरी भएको प्राधिकरणको तथ्यांक छ ।

Global Ime bank

“जहाजमात्र नभई हवाई यात्रु आवागमन पनि उल्लेख्य दरमा बढेका छन्,” महानिर्देशक गौतमले भने, “जति जहाज र यात्रु संख्या बढ्दै जान्छ, त्यत्ति नै विमानस्थल साँघुरो हुँदै जान थालेको छ । पोखरा र भैरहवामा दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल तयार नहुन्जेल त्रिभुवन विमानस्थलको विकल्प हामीसँग छैन र यसैलाई हामी व्यवस्थित गरिरहेका छौं ।”

प्राधिकरणका अनुसार गत १० महिनामा अन्तर्राष्ट्रिय हवाई कार्गोतर्फ ७ दशमलव ५० प्रतिशतको वृद्धि रेकर्ड गरिए पनि आन्तरिक कार्गो ढुवानी भने ९ दशमलव १२ प्रतिशतले गिरावट आएको थियो । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का अनुसार सन् २०१७ मा विश्वव्यापी हवाई यात्रु आवागमन अघिल्लो वर्षको दाँजोमा ७ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । एसिया प्रशान्त क्षेत्रले विश्वको कूल हवाई यात्रु आवागमनको ३४ प्रतिशत हिस्सा ओगट्छ । जहाज आवागमन पनि यस क्षेत्रमा १० दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो ।
प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार नेपालमा दर्ता भएका वायुयानतर्फ सन् २०१७ मा ५ हजार ७ सय किलो भन्दा बढी तौल समूहमा मानवीय क्षतियुक्त एउटा दुर्घटना भएको थियो र त्यसमा दुईजनाको मृत्यु भएको थियो । 

सन् २०१८ मा भने यस वर्गतर्फ मामानवीय क्षतियुक्त कुनै दुर्घटना नभए पनि ५ हजार ७ सय किलोभन्दा कम तौल समूहका जहाज र हेलिकोप्टर गरी दुईवटा दुर्घटना भएका थिए र त्यसमा आठजनाले ज्यान गुमाएको पोखरेलले जानकारी दिए । 

त्यसबाहेक २०१८ मार्च महिनामा अन्तर्राष्ट्रिय उडानमा रहेको युएस बांग्ला एयरवेजको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाले ज्यान गुमाएका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय