site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साम्बाको कीर्तिमान बनाउने लक्ष्य

काठमाडौं ।  अग्लो कद, ब्वाइज कट कपाल, चम्किलो अनुहार, हाँस्दा देखिने ठूला दाँत । साम्बा उपनामबाट परिचित सावित्रा भण्डारीको हुलिया यति हो । तर दुई वर्षअघि भारतमा सम्पन्न चौथो महिला साफ च्याम्पियनसिपले उनको परिचय एकाएक थप फराकिलो पा¥यो ।

सेमिफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिँदा पहिलोपटक नेपाल महिला साफ च्याम्पियनसिपको फाइनल पुग्नबाट बञ्चित भयो । तर व्यक्तिगत रुपमा सावित्राले यही प्रतियोगिताबाट आफूलाई ‘गोल मसिन’ का रुपमा स्थापित गरिन् । उनको चर्चा एकाएक चुलियो । 

समूह चरणमा माल्दिभ्स, भुटान र श्रीलंकामाथि जित हासिल गरेर विजेताका रुपमा अगाडि बढेको नेपाल सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो । यसअघिका सबै संस्करणमा पनि नेपाल फाइनलमा भारतसँगै पराजित भएको थियो । 

राष्ट्रिय टोलीलाई उपाधि जिताउने लक्ष्यमा पुग्न नसके पनि सावित्राले ठूलो व्यक्तिगत उपलब्धि हासिल गर्ने क्रममा भुटानमाथि ८–० को जित हासिल गर्दा एक्लै ६ गोल गरेकी थिइन् । दोहोरो ह्याट्रिकका साथ प्रतियोगिता सुरुआत गरेकी उनले त्यही लयलाई दोस्रो खेलमा पनि निरन्तरता दिइन् । माल्दिभ्सविरुद्धको दोस्रो खेलमा ९–० को जित हासिल गर्दा सावित्राको नाममा पाँच गोल थियो । सेमिफाइनलमा पराजित हुँदा पनि नेपालका तर्फबाट भएको एकमात्र सान्त्वना गोल उनैले गरेकी थिइन् । प्रतियोगितामा कुल १२ गोल गरेकी उनी उच्च गोलकर्ता बनेकी थिइन् । 

\"\"

यतिबेला महिला फुटबल टोली पाँचौं साफ च्याम्पियनसिपको तयारीमा छ । पहिलोपटक महिला साफ च्याम्पियनसिप आयोजनाको अवसर पाउँदा अखिल नेपाल फुटबल संघले प्रतियोगिता विराटनगरमा गर्ने भएको छ । घरेलु मैदानमा पहिलो पटक क्षेत्रीय महिला फुटबलको सबभन्दा ठूलो प्रतियोगिता हुन लाग्दा सावित्रा अघिल्लो संस्करणकै जस्तो उच्च लय कायम राख्दै नयाँ कीर्तिमान बनाउने योजनामा छन् । 

२०१४ मा पाकिस्तानमा भएको तेस्रो महिला साफ च्याम्पियनसिपबाट राष्ट्रिय जर्सीमा ‘डेब्यु’ गरेकी उनी देशलाई पहिलो स्वर्ण पदक जिताउने लक्ष्यमा छिन् । सँगै अनु लामाको नाममा रहेको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोड्नु पनि उनको लक्ष्य हुनेछ । अनुको नाममा ३५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान छ । त्यसमा सुधार गरेर आफ्नो नाममा कीर्तिमान लेखाउने उनको ठूलो रहर छ । त्यसका लागि सावित्रालाई १८ गोल आवस्यक छ । उनले अहिलेसम्म राष्ट्रिय टोलीको जर्सीमा १८ गोल गरेकी छिन् । 

साफ च्याम्पियनसिपको अघिल्लो संस्करणमा १२ गोल गरेकी सावित्राले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा २ गोल गरेकी थिइन् भने तेस्रो साफ च्याम्पियनसिपमा १ तथा दुई वर्षअघि भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको फुटबलमा २ गोल गरेकी थिइन् ।

दुई महिनाअघि म्यानमारमा सम्पन्न ओलम्पिक छनोटको पहिलो चरण पार गर्दा आयोजक म्यानमारविरुद्ध उनले पेनाल्टीमा एक गोल गरेकी थिइन् । 

“अनु दिदीको कीर्तिमान तोड्न मन छ । दिदीसँगै धेरै कुरा सिकेकी छु । अहिले सँगै तयारीमा छौं । प्राविधिक रुपमा दिदीको खेल निक्कै अगाडी छ । उहाँ मेरा लागि गुरुजस्तै हुनुहुन्छ,” उनले भनिन् । 

एउटै क्लब (एपीएफ) बाट खेल्ने अनु र सावित्रा आपसमा निक्कै घनिष्ट छन् । सावित्राले थपिन् “मैले गोल गर्नैपर्छ भन्ने कुरालाई केन्द्रित गर्दै आफूलाई तयार गरिरहेकी छु । यसमा अनु दिदी र गुरुले निक्कै सहयोग गर्नुभएको छ । अहिले टोलीमा राम्रा खेलाडीहरुको उदय भएको छ । आफूलाई फर्ममै राख्नुपर्ने चुनौती छ । त्यसका लागि नियमित अभ्यास र खेल आवश्यक छ ।’

\"\"

“पछिल्लो समय महिला फुटबलमा एन्फाको नेतृत्व केही उदार देखिएको छ । पुरुष टोलीजस्तै महिलालाई पनि स्तरीय खेलसामग्री उपलब्ध गराएको छ,” सावित्राले भनिन् “लगानी भए प्रतिफल आउने रैछ भन्ने कुरा ओलम्पिक छनोटको पहिलो चरणबाट प्रमाणित भएको छ ।” 

प्रशिक्षक हरी खड्का पनि साफ च्याम्पियनसिपमा सावित्रालाई आक्रमणको मुख्य हतियार बनाउने योजनामा छन् । “साम्बाको स्पिड निकै राम्रो छ । अरु खेलाडीले सहजै भेट्टाउन सक्दैनन् मैदानमा यो प्रतियोगिताको नायिका बन्न सक्छ । उसमा एशियाकै उत्कृष्ट स्ट्राइकर बन्ने गुण छ । नियमित अभ्यास र पर्याप्त एक्सपोजर आवश्यक छ,” उनले भनिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस ९, २०७५  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro