site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आँखाको भरपर्दो उपचारका लागि विदेशीको रोजाइमा नेपाल

काठमाडौं । पछिल्लो समय आँखाको भरपर्दो उपचारका लागि विदेशीको रोजाइमा नेपाल परेको छ । नेत्र ज्योति संघको पछिल्लो तथ्यांकले नेपालीभन्दा विदेशी नागरिक आँखाको शल्यक्रिया गर्न बढी आउने गरेको देखाएको हो । 

नेपालमा आँखाको उपचार तथा शल्यक्रिया सस्तो र गुणस्तरीय भएकोले नेपालीको तुलनामा दोब्बरले विदेशी बिरामीहरु उपचारका लागि आउने गरेको संघका कार्यकारी निर्देशक शैलेश कुमार मिश्रले बताए । 

“आगामी ५ वर्षसम्ममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गरेर सबै गाउँपालिका तथा नगरपालिकामा आधारभूत आँखा स्वास्थ्य सेवा विस्तार गर्ने योजना रहेको छ,” उनले भने, “संघ अन्र्तगतका अस्पतालहरुमा मोतिविन्दु र जलविन्दुलगायतको उपचार लागि विदेशी बिरामीहरु बढि आउँने गरेका छन् । विदेशीहरुको आँखा उपचारमा पहिलो रोजाइ नेपाल नै पर्ने गरेको छ  ।”

तराईमा रहेका आँखा अस्पतालहरुमा छिमेकी देशहरु भारत र भुटानलगायतका देशहरुबाट आँखाका विरामीहरु बढी आउने गरेका छन् । केही वर्षयता सबैभन्दा बढि विराटनगर आँखा अस्पताल र सगरमाथा चौधरी आँखा अस्पतालमा छिमेकी देशका नागरिकहरु आँखा उपचारका लागि धेरै संख्यामा आउने गरेको पाईएको छ । 

तथ्यांक अनुसार सन् २०१६ मा २ लाख ८५ हजार १ सय ९० बिरामीहरुले आँखाको शल्यक्रिया गरेका थिए । यसमध्ये नेपाली बिरामीको संख्या भने १ लाख ७ सय ३५ जना रहेको छ भने विदेशी बिरामीको संख्या १ लाख ८४ हजार ४ सय ५५ रहेको छ । संघ अन्तर्गतका १८ अस्पतालमध्ये १० अस्पतालहरु तराईमा संचालित छन् । यी अस्पतालहरुले सामान्यतयाः १ हजार ४ सय नेपाली रुपैयाँमा मोतिविन्दुको शल्यक्रिया गर्ने गरेका छन् ।

यी आँखा अस्पतालहरुबाट वर्षेनी २४ लाखभन्दा बढी बिरामीले बहिरगं सेवा लिने गरेको तथ्याकं छ । जसमा करिब २ लाख ४० हजारभन्दा बढीले आँखाको शल्यक्रिया गराएका छन् । नेपालमा ७२ दशमलव १ प्रतिशत अन्धोपन मोतिविन्दुका कारणले हुनेगरेको छ भने अन्धोपनका अन्य कारणमा खस्रे रोग, भिटामिन ए को कमी, जलविन्दु तथा आँखाको अन्य संक्रमण रहेको आँखा रोग विशेषज्ञहरु बताउँछन् । 

नेपालमा सर्वप्रथम १९८१ मा राष्ट्रिय अन्धोपनको सर्वेक्षण सुरु भएको थियो । संघले आँखामा देखिने अन्धोपनाको ८४ प्रतिशत सन् २०११ मा शून्य दशमलव ३५ प्रतिशतमा झार्न सफल भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसबारे विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । संघले दुर्गम जिल्लाहरुमा समेत जनचेतनामुलक क्रियाकलाप तथा आँखा शिविरहरु संचालन गर्ने गरेको छ । 

विभिन्न स्वदेशी तथा विदेशी दातृसंस्थाहरुको सहयोगमा संघले मुलकका विभिन्न जिल्लाहरुमा अन्धोपन न्यूनकरणका लागि तहगत रुपमा आँखा उपचार केन्द्र, अस्पतालहरु स्थापना गरी सेवा दिएको जनाएको छ । सन् २०२० सम्ममा संघले विश्व स्वास्थ्य संगठनको लक्ष्यअनुसार २५ प्रतिशतले अन्धोपन कम गर्ने लक्ष्यकासाथ काम गरेको बताएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  ०६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro