site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एचआईभी संक्रमण घट्दै, ४७ प्रतिशत एआरभी पहुँच बाहिरै 

काठमाडौं । नेपालमा पछिल्लो समय नयाँ एचआईभी संक्रमितको संख्या घट्दै गएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  

केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा अहिले ३१ हजार २० जना एचआइभी संक्रमित छन् । सन् २०१० को तुलनामा सन् २०१७ को अन्तिमसम्ममा नयाँ संक्रमणको दर ६१ प्रतिशतले घटेको पाइएको छ ।

अझै पनि कूल संक्रमितको ५३ प्रतिशत अर्थात् १६ हजार ४ सय २८ जना मात्र एन्टी रेक्ट्रो भाइरस (एआरभी) सेवाको पहुँचमा रहेका छन् । ४७ प्रतिशत अर्थात १४ हजार ५ सय ९२ जना चाहिँ एआरभी सेवाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । नेपालमा १९ हजार २० जना पुरुष र १२ हजार महिला एचआइभी संक्रमित रहेको तथ्यांकले देखाएको छ । 

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.तारानाथ पोख्रेलले ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्क र सुईद्वारा लागुपदार्थ प्रयोगकर्ताको माध्यमबाट सरेको बताइएको छ । “सरकारी स्तरबाट नै एचआइभी विरुद्ध विभिन्न चेतनामुलक कार्यक्रमका साथै निःशुल्क औषधी वितरण भईरहेको छ । तर समाजको डर र संकोचका कारण संक्रमितहरु एआरभी सेवा लिन आउँदैनन्, उनीहरुमा चेतना नहुँदा पहुँचमा पु¥याउन समस्या भईरहेको छ,” उनले भने ।

नेपालमा एचआइभीको उच्च जोखिममा सुईद्वारा लागु पदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी र पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू रहेका छन् । बैदशिक रोजगारीमा गएका र जेलमा रहेका कैदीहरू एचआईभीको जोखिममा रहेको केन्द्रको तथ्यांकले देखाएको छ ।

नयाँ संक्रमणको दर घट्दै

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकका अनुसार सन् २०१० देखि २०१७ सम्ममा एचआईभीबाट मृत्युको दर २३ प्रतिशतले घटेको पाइएको छ  । ६१ प्रतिशतले नयाँ एचआईभी संक्रमितको संख्या घट्दै गएको केन्द्रको तथ्यांकले देखाएको छ । बालबालिकामा हुने एचआईभी संक्रमणदर ६३प्रतिशतले घटेको पाइन्छ ।

विश्वमा नयाँ एचआइभीको संक्रमण दर ८ वर्षमा १६ प्रतिशतले घटेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । विश्वका बालबालिकामा संक्रमणको दर ३५ प्रतिशतले घटेको छ । 

नेपालमा एचआइभी एड्सको महामारीलाई अन्त्य गर्न सन् २०२० सम्ममा ९० प्रतिशत एचआईभी संक्रमितहरूले आफ्नो संक्रमणको अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतलाई नै औषधि उपचारमा पहुँचमा पुयाउने लक्ष्य सरकारको रहेको बताइएको छ ।

औषधीको प्रयोगगरी रहेका एचआइभी संक्रमितहरुमा ९० प्रतिशतमा शरीरमा भाइरसको भार न्यून बनाउने लक्ष्य राखिएको छ भने सन् २०३० सम्ममा नेपालबाट एचआइभी एड्सको अन्त्य गर्ने दिगो विकास लक्ष्य रहेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  ०७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro