site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुवै जहाजको स्वामित्व नेपाल वायुसेवा निगमसँगै छ : हाइफ्लाई एक्स
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले २४ अर्ब रुपैयाँमा खरिद गरेका दुईथान ठूलो (वाइड बडी) आकारको जहाजको पूर्णस्वामित्व निगमसँगै रहेको तथ्य फेला परेको छ ।

केही दिनयता ती दुइटा वाइड बडी जहाज निगमले खरिद गरेको नभई भाडामा ल्याएको भन्ने चर्चा चलिरहेको थियो । तर, युरोपको जुन कम्पनीले निगमलाई जहाज बिक्री गरेको थियो, उसैले दुवै जहाजको स्वामित्व पूर्णरूपमा निगमसँगै रहेको प्रेस विज्ञप्ति जारी गरेको फेला परेको हो । 

अधिकतम दुई–तीन सातायता वाइड बडी किनेर नभई भाडामा ल्याइएको भन्ने चर्चालाई जहाज बिक्रीकर्ता कम्पनी ‘हाइफ्लाई एक्स’ को उक्त प्रेस विज्ञप्तिले ठाडै नकारेको छ । हाइफ्लाई एक्सको उक्त विज्ञप्ति बाह्रखरीसँग सुरक्षित छ । हाइफ्लाइ एक्सले गत साउन दोस्रो सातादेखि भदौ दोस्रो साता (अगस्ट महिना) मा जारी गरेको उक्त विज्ञप्ति अहिले सार्वजनिक भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

“हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेडले नेपाल वायुसेवा निगमलाई ए३३०–२०० सिरिजका दुईथान वाइड बडी जहाज बिक्री गरेको हो । तिनका उत्पादन क्रमसंख्या क्रमशः १८७२ र १८७८ हुन् र ती जहाज हामीले सन् २०१८ को जुन र जुलाई महिनामा निगमलाई आपूर्ति गरेका हौं,” हाइफ्लाई एक्सको विज्ञप्तिमा उल्लेख छ, “ती दुवै जहाजको पूर्णस्वामित्व इङ्ल्यान्ड र वेल्सको कानुनअनुसार हाइफ्लाईबाट नेपाल वायुसेवा निगममा हस्तान्तरण भइसकेको छ र यो कारोबारलाई बेलायतको कानुनले मान्यता दिएको छ ।”

Global Ime bank

हाइफ्लाई एक्सको विज्ञप्तिमा त्यसका निर्देशक क्रिस्टियन नुयह्लेनले हस्ताक्षर गरेका छन् । दुई वाइड बडी एक महिनाको फरकमा काठमाडौं ल्याइएको थियो । दुवै जहाज आएको एक महिनापछि हाइफ्लाई एक्सले प्रेस विज्ञप्ति जारी गरेको थियो । 

युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादन भएका वाइड बडी प्रत्येकमा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लास गरी २ सय ७४ सिट छन् । निगमले पहिलो वाइड बडीलाई ‘अन्नपूर्ण’ र दोस्रोलाई ‘मकालु’ नाम दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलोलाई  ‘९एन–एएलवाई’ र दोस्रोलाई ‘९एन–एएलजेड’ कलसाइन दिएको छ ।

निगमलाई जहाज आपूर्ति गर्ने ग्लोबल टेन्डर जितेको अमेरिकाको एएआर कर्पोरेसनले वाइड बडी जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले उपलब्ध गराउने सम्झौता निगमसँग गरेको छ । निगमलाई जहाज बेच्न एएआर कर्पोरेसन, पोर्चुगलको हाइफ्लाई एयरलाइन्स र जर्मन क्यापिटलको सहवित्तीयकरणमा खडा भएको कम्पनी ‘हाइफ्लाई एक्स’ को नाममा निगमले २४ अर्ब रुपैयाँ पठाएको थियो । 

हाइफ्लाई त्यही कम्पनी हो, जसले एएआर कर्पोरेसनमार्फत जहाज बेच्न प्रस्ताव गरेको थियो । एएआरले निगमको ग्लोबल टेन्डर जितेर खरिद सम्झौता गरेको थियो । निगमले पठाएको सबै रकम हाइफ्लाई एक्स र एएआरको आयरल्यान्डस्थित संयुक्त (एस्क्रो) खातामा गएको थियो ।

निगमले दुईथान वाइड बडीका लागि भुक्तानी गर्नुपर्ने कूल २४ अर्ब तीन किस्तामा पठाएको थियो । तीन किस्तामा रकम पठाएको र पूरै रकम चुक्ता नहुन्जेल जहाज भाडामा भन्ने अर्थ लाग्छ तर, चर्चा भएअनुसार जहाज पूरै भाडामा ल्याइएको भन्ने चर्चा गलत भएको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

निगमले पहिलो किस्ता २०७४ असार ३ गते ८ अर्ब, दोस्रो किस्ता २०७५ असार १२ मा ८ अर्ब र अन्तिम किस्तावापत साउन ८ गते बाँकी ८ अर्ब रुपैयाँ हाइफ्लाई एक्सलाई पठाएको थियो । निगमले सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँका दरले ऋण लिएर पठाएको हो । दुवैको वार्षिक ब्याज दर १० प्रतिशत छ । यो हिसाबमा निगमले दुइटा वाइड बडीलाई वार्षिक ब्याजमात्र २ अर्ब ४० करोड रुपैयाँ तिर्नुपर्छ । 

निगमले तयार पारेको व्यापारिक योजनाअनुसार जापान, कोरिया र साउदी अरबका लागि वाइड बडी जहाजबाट प्रत्येक साता तीन उडान सञ्चालन गरिनेछन् । काठमाडौंबाट कोरिया र जापान पुग्न सिधा आठ घन्टाभन्दा बढी उड्नुपर्छ भने साउदी अरब पुग्न पाँच घन्टाभन्दा बढी उड्नुपर्छ । जहाजको सिट भराइ दर (अकुपेन्सी) बढ्दै गए ती गन्तव्यमा उडान संख्या थप्दै लाने निगमको योजना छ । 

वाइड बडीले जापान हानेदा, कोरियाको सोल, चीनको ग्वाङ्झाओ र साउदी अरबको दम्मान उडान अनुमति पाइनसकेका कारण हाल दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, दिल्लीलगायत गन्तव्यमा उडाइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय