site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्राडा ध्रुव अधिकारीले चाकडी र घुस दिन नसक्ने भन्दै राजीनामा दिएका छन् । घुस दिन नसक्दा एक वर्षदेखि तलब नपाएको जनाउँदै उनले आफ्नो राजीनामा सोमबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई बुझाएका हुन् ।

“विगत एक वर्षदेखि तलबविहीन भएर वीर अस्पतालको न्युरो सर्जरीमा कामकाज गर्दै आएको छु,” उनले भने, “आफू नौ तहमा बढुवा भएको तर सो सरहको तलब एक वर्षसम्म पाइन । बढेको तलब र बढुवाको माग अस्पताल र मन्त्रालयमा गर्दा कुनै चासो देखाएनन । त्यसपछि राजीनामा दिएको हुँ ।”

पटक–पटक तलब नपाएको जानकारी गराउँदा पनि मन्त्रालयले बेवास्ता गरेको गुनासो उनको थियो । प्रा।डा। अधिकारीले थपे, “मन्त्रालयका एक कर्मचारीले नेशनल मेडिकल कलेजको त फाइल पास भयो, तपाईंको पनि बढुवा हुन्छ तर पैसा खर्च गनुपर्छ भनेर जवाफ दिए  । मलाई चाकडी र घुसको रकम दिएर काम गर्न मन लोगन, अनि राजीनामा दिएँ । वीर अस्पतालमा आएका चिकित्सक तथा कर्मचारी सबैको बढुवा भएको छ र तलब पनि पाएका छन् । तर मैलै एक वर्षदेखि बिनातलब काम गरिरहेको छु ।”

चार पटकसम्म उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई भन्दा पनि आफ्नो समस्या समाधान गर्न उनले खासै चासो नदिएको गुनासो उनको छ । वीर अस्पताललाई बारम्बार पत्र लेखेर अथक प्रयास गर्दा पनि वीर अस्पतालमा आफ्नो पोस्टिङ नगरी पूर्वाग्रह राखेर दु।ख दिएकोले राजीनामा दिनुपरेको उनले मन्त्रालयमा बुझाएको राजीनामा पत्रमा उल्लेख छ । “चाकडी र घुससमेत मागअनुसार दिन असक्षम हुँदा राजीनामा दिएको हुँ,” उनले राजीनामा पत्रमा कारण देखाएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठको भनाइ भने फरक छ । उनका अनुसार डा अधिकारीलाई एक वर्षअघि नौ तहमा बढुवा गरी पोखरा सरुवा गरिएको थियो । तर, उनी पोखरा गएनन् । त्यसपछि मन्त्रालयले उनलाई काजमा वीर अस्पतालमा राखेको थियो । 

“कानुनअनुसार पनि वीरमा नै राख्न नमिल्ने भएकाले केही दिन उता हाजिर गरेर आउनु भनेर  मन्त्रीज्यूले पनि भनुभएको थियो । तर उहाँ जान मान्नुभएन,”  प्रवक्ता श्रेष्ठ भन्छन्, “हामीले पनि ऐन विपरित काम गर्नुभएन ।”

डा अधिकारीले राजीनामा दिएसँगै अस्तपालको न्युरो शाखा नै बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालको न्युरोमा ३ जनाको दरबन्दी भएपनि हाल दुई चिकित्सकमात्र छन् । डा। अधिकारीको राजीनामासँगै न्युरो वार्डमा मात्र एक जना चिकित्सक रहेका छन् । न्युरोमा हरेक दिन २० देखि ३० जना बिरामी आउँछन् । यसरी न्युरोमा एक चिकित्सकमात्र हुँदा अस्पतालको न्युरो वार्ड नै बन्द हुने अवस्थामा पुग्ने कर्मचारीहरु बताउँछन् । मन्त्रालयले उनको राजीनामा भने स्वीकृत गरेको छैन ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro