site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रोटा रिक्स’ भ्याक्सिन अन्योलमा, भारतीय कम्पनीले अन्तिम समयमा दियो  धोका

काठमाडौ ।  बालबालिकालाई झाडापखालाबाट जोगाउन देशव्यापी रुपमा  दिने तयारी भइरहेको  ‘रोटा रिक्स’ भ्याक्सिन अन्तिम समयमा आएर अन्योलमा परेको छ । रोटा भाइरसबाट उत्पन्न हुने समश्या सम्बोधन गर्न सो भ्याक्सिन आउँदो मंसिर महिनाबाट दिने तयारी भइरहेको थियो ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्याक्सिन ल्याउन सम्झौता गरेको भारतीय कम्पनी ग्ल्याक्सो स्मिथ क्लाइन फर्मास्युटिकल्स  (जिएसके)ले अबको एक वर्ष भ्याक्सिन उत्पादन गरेर दिन नसक्ने बताएपछि खोप कार्यक्रम रोकिएको हो । 

पाँच बर्षमुनिका बालबालिकालाई झाडापखाला विरुद्ध दिइने सो  भ्याक्सिन नेपालमा पहिलो पटक सञ्चालनमा ल्याउन लागिएको थियो  । उक्त कम्पनीले अन्तिम समयमा आएर खोप उपलब्ध गराउन नसक्ने बताएपछि कसरी कार्यक्रम सञ्चालन गर्ने भन्नेमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा अन्योलमा परेको छ । उक्त खोप सरकारले ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी)को सहयोगमा खरिद गर्न लागेको थियो । यो खोप सरकारले बालबालिकालाई निःशुल्क लगाउने तयारी गरेको थियो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका प्रमुख झलक शर्मा गौतमले सो भ्याक्सिन  आउँदो मंसिर महिनाबाट देशैभरी राष्ट्रिय खोप अन्तर्गत सञ्चालन गर्ने तयारी गरिएपनि संझौता गर्ने कम्पनीले दिन नसक्दा समश्या भएको बताए । 

“अन्तिम अवस्थामा सो कम्पनीले उत्पादन गर्न नसकिने बताएपछि हामीले विकल्पको रुपमा अन्य कम्पनीसँग कुरा गरिरहेका छौं ” उनले भने, “यो खोप पहिलो पटक ६ लाख ३० हजार बालबालिकालाई दिने तयारी थियो ।” उक्त खोपका लागि करिब ११ करोड रकम विनियोजन गरिएको थियो । 

चिकित्कहरुका अनुसार यो खोप लगाएमा पाँचबर्ष मुनिका बालबालिकामा हुने झाडापखालाको दरलाई घटाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले बालबालिकाको लागि २४ खोपलाई सुचिकृत गरे पनि नेपालमा एघार खोप मात्र अहिले सञ्चालनमा छन् ।

के हो रोटा भाइरस ?
 

पाँच वर्ष मुनिका बालबालिकामा झाडापखाला गराउने प्रमुख कारण रोटा भाइरस हो । नेपालमा झाडापखालाका कारण अस्पताल भर्ना भएका ५ वर्षमुनिका बालबालिका मध्ये  ३३ प्रतिशत रोटा भाइरसका कारण प्रभावित हुने गरेका छन् । त्यसमा  पनि तीन  वर्षभन्दामुनिका बालबालिका बढि प्रभावित हुने गरेको विज्ञहरुको भनाइ छ । यो भाइरसका कारण  विशेषगरी जाडो महिनामा बालबालिकालाई झाडापखाला हुने गरेको छ । विश्वमा नै  बाल मृत्युदरको प्रमुख कारण मध्येमा झाडापखाला पनि पर्ने गरेको छ ।  यो भाइरस

एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गरेको छ । यसको असर देखिएमा बालबालिकाहरुमा पातलो चौलानी पानी जस्तो पखाला हुने र त्यस्तो भएमा तुरुन्तै अस्पताल लग्नुपर्ने चिकित्सकहरु बताउँछन् ।  लगातार पानीजस्तो पातलो दिसा लाग्नु, पेट दुख्नु, बान्ता हुनु यस रोगको प्रमुख लक्षण रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बताए । 

“झाडापखाला सामान्य त हो भनेर घरमै राखेर उपचार गर्दा अधिकांश बालबालिकालाई ढीलो मात्रै अस्पताल लग्ने गरिएको छ  ”उनले भने, “यो सरुवा रोग हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र छिटो सर्ने गर्छ । रोटा भाइरस संक्रमितको दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइन्छ। यदि त्यो दिसा कुनै माध्यमबाट मुखमा पुगेमा त्यो व्यक्ति पनि संक्रमित हुन्छ ।”

धेरै फोहोरमैला र  प्रदूषित खानाबाट यो भाइरस शरीरमा प्रवेश गर्ने गरेको विज्ञहरुको भनाइ छ ।  यो दिसा पिसावसँगै अन्य फोहोरमा रहने किटाणु हो । पाँच वर्षसम्मका बालबालिकालाई  सफासुग्घर  राख्ने  र जे पायो त्यही मुखमा हाल्न नदिएमा पनि यसबाट बचाउन सकिने डा. पुन बताउँछन् । 

विश्व स्वास्थ्य संगठनको सन् २०१३को तथ्यांक अनुसार विश्वमा २ लाख १५ हजार पाँच बर्ष मुनिका बालबालिकाहरुको रोटा भाइरसका कारण मृत्यु भएको थियो ।  विकसित देशहरुमा पनि रोटा भाइरसको संक्रमण देखिने गरेको छ । तर, ती देशका बालबालिकामा सामान्य समस्या देखिने बित्तिकै तुरुन्त अस्पताल लैजाने गरिएको छ । तर, अविकसित देशका बालबालिकालाई सामान्य समस्या हुँदा घरमै उपचार गर्ने गरिएकाले   बढि प्रभावित हुने गरेको संगठनको तथ्यांकमा उल्लेख छ । पानीजस्तो लगातार पातलो दिसासँगै बान्ता हुने र पेट दुख्ने लक्षण देखिएमा  तुरुन्तै अस्पताल र स्वास्थ्यचौकीमा लगेर स्लाइन पानी दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro