site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छानबिन समिति गठन, सञ्चालक पहाडी अनुसन्धानको घेरामा

काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा ‘ट्विनअटर’ जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गाडीले ठक्कर दिँदा ‘ग्राउन्डेड’ भएको घटनाको तथ्य पत्ता लगाउन छानबिन समिति गठन भएको छ । 

निगम व्यवस्थापनले पूर्वउपमहाप्रबन्धक तथा हाल विज्ञका रूपमा कार्यत रमेशबहादुर (आरबी) शाहको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । उक्त घटनामा निगम सञ्चालक समिति सदस्य अच्युतराज पहाडी मुछिएपछि विषय झन् गम्भीर भएको छ । 

“गाडी ठोक्किएर ट्विनअटरमा ग्राउन्डेड भएको विषयमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ,” निगमका प्रवक्ता अशोक सिग्देलले मंगलबार बाह्रखरीसँग भने, “समितिले घटनामा कसैलाई दोषी किटानी गर्‍यो भने उसलाई कारबाही हुने छ ।”

निगमका अनुसार छानबिन समितिलाई १५ दिनको म्याद दिइएको छ । तोकिएको म्यादभित्र समितिले विस्तृत विवरणसहित प्रतिवेदन तयार पारेर निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई बुझाउने छ । समितिले उक्त घटनामा निगम सञ्चालक समिति सदस्य पहाडीको संलग्नतामात्र नभई जहाजभित्र पहाडीसँगै प्रतिस्पर्धी निजी वायुसेवा कम्पनी बीबी एयरवेजका एक अधिकारी पनि रहेको विषयलाई गम्भीर ढंगले छानबिन गरी तथ्य पत्ता लगाउने छ । 

त्रिभुवन विमानस्थलस्थित निगमको जहाज राख्ने ‘ह्यांगर’ मा रहेको १९ सिट क्षमतायुक्त ‘९एन–एबिटी’ दर्ता नम्बरको ट्विनअटरमा निगमकै ‘¥याम्प भ्यान’ ले ठक्कर दिँदा करिब एक साताअघि ग्राउन्डेड भएको थियो । 

घटना भएका बेला निगम सञ्चालक पहाडी त्यही ट्विनअटर जहाजको इन्जिन स्टार्ट गरेर जहाजभित्र बसिरहेका थिए र उनीसँग निजी कम्पनी बीबी एयरवेजका एक अधिकारी पनि रहेको सम्बद्ध स्रोतले बाह्रखरीसँग दाबी गरेको छ । 

स्रोतका अनुसार दिउँसो नियमित उडान सकेर भोलिपल्टको उडानका लागि परीक्षण गर्न पहाडीको नेतृत्वको टोलीले उक्त ट्विनअटरको इन्जिन स्टार्ट गरिरहेको थियो । त्यही बेला निगमको भ्यान जहाज नजिकै आएर रोकियो र चालक बाहिर निस्किए । तर, निमेषभरमै त्यो भ्यान गुडेर जहाजको ककपिटको तलपट्टि ठोक्किएको थियो । 

स्रोतका अनुसार के कति कारण जहाज नजिक आएर भ्यान रोकिएको थियो र चालक ओर्लिएपछि गाडी गुडेर जहाजमा ठोक्किएको थियो भन्ने छानबिन हुने नै भयो तर, चालक ओर्लिए पनि गाडीभित्र अर्को मान्छे थियो र जानाजान जहाजमा लगेर ठोक्काइएको सबैको अनुमान रहेको तथा जहाजभित्र अनधिकृत रूपमा बीबी एयरवेजका अधिकारी किन प्रवेश गरे भन्नेबारे पहाडीमाथि छानबिन हुनुपर्छ । 

र, यो पनि पढ्नुहोस् 
भ्यानले ठक्कर दिँदा निगमको ट्विनअटर ग्राउन्डेड, निगम सञ्चालक पहाडी घटनामा मुछिए

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro