site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलम्पिक छनोटमा महिला फुटबल, दोस्रो चरणलाई छानिनेमा टोली विश्वस्त

काठमाडौं । दुईवर्षपछि जापानमा हुने ओलम्पिक छनोटको पहिलो चरणका लागि म्यानमार पुगेको नेपाली महिला फुटबल टोली दोस्रो चरण पुग्ने सम्भावनाको निकै नजिक पुगिसकेको छ । 

भारतसँग बराबरी खेल्दै पहिलो चरणको यात्रा सुरु गरेको नेपालले समूह ‘सी’ को दोस्रो खेलमा आइतबार बलियो मानिएको म्यानमारसँग पनि बराबरी नतिजा निकालेको थियो । प्रत्येक समूहका दुई शीर्ष टोली सोझै दोस्रो चरण प्रवेश गर्नेछन् भने चार समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट दुई टिम पनि अगाडि बढ्ने भएकाले अपराजित रहँदा नेपालको सम्भावना बलियो बनेको हो । समूहमा सबैले दुई खेल खेलिसक्दा म्यानमार र भारत समान चार अंकका साथ शीर्ष दुई स्थानमा छन् । दुई अंक जोडेको नेपाल तेस्रो स्थानमा छ भने भारत र म्यानमार दुवैसँग हारेको बंगलादेशले खाता खोल्न सकेको छैन । यसअर्थमा नेपालले मंगलबार समूहको अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्न सके शीर्ष दुईमा रहेर छनोट हुने सम्भावना बलियो रहन्छ । 

प्रशिक्षकका रुपमा नेपाली महिला टोलीको नेतृत्व गरिरहेका राष्ट्रिय पुरुष टोलीका पूर्व कप्तान हरि खड्कालाई अंकतालिकामा आफ्नो टोलीको अवस्था र नेपालको छनोट सम्भावनावारे राम्रो जानकारी छ । प्रतियोगितामा सबै टोलीले दुई–दुई खेल खेलिसकेका कारण उनले विपक्षी बंगलादेशलाई पनि राम्ररी जाच्न भ्याइसकेका छन् । 

प्रशिक्षक खड्काको विचारमा बंगलादेशको रक्षापंक्ति कमजोर छ । नेपाल भने समूहकै सबभन्दा बलियो मानिएको म्यानमारलाई बराबरीमा रोकेका कारण उच्च मनोबलका साथ आगामी खेलको व्यग्र प्रतिक्षा गरिरहेको छ । फुटबलमा आफ्नो राम्रो पक्षमा जोड दिनुका साथै विपक्षीको कमजोरीमा प्रहार गर्नुपर्ने सत्य राम्ररी बुझेका खड्काले बंगलादेशविरुद्धको खेलका लागि त्यहीअनुसार रणनीति बनाएको बताएका छन् । 

‘अर्को चरण प्रवेशका लागि हामी जित्नैपर्ने दबाबमा छौं । खेलाडीले सत प्रतिशत मेहनतका साथ खेलिरहेका छन् । बंगलादेशबिरुद्ध आक्रामक खेल्नेछौं,’ सुरुका दुई खेलमा हासिल गरेको सफलताले खेलाडीहरु उच्च मनोबलमा रहेको बताउँदै खड्काले थपे, ‘बंगलादेशको रक्षापंक्तिमा कमजोरी देखेका छौं । हामी त्यसैबाट फाइदा उठाउने रणनितीमा छौं । खेलाडीको मेहनतका कारण हामीले आफूभन्दा बलियो टिमलाई बराबरीमा रोकेका छौं । हाम्रा खेलाडी जितको भोकमा छन् । त्यसैले अर्को चरण पुग्नेमा म विश्वस्त छु ।’

म्यानमार पुग्नुअघि नेपाली टोलीले चीनको अभ्यास भ्रमण गरेको थियो । चीन भ्रमणमा खेलेका तीन अभ्यास खेलले टिममा रहेका कमजोरी सुधार्ने मौका दिएको र त्यो म्यानमारमा फलदायी भएको खड्काले बताए । 

प्रशिक्षक खड्कासँग सहमति जनाउँदै टिममा पहिलो पटक कप्तानको जिम्मेवारी पाएकी निरु थापाले पनि जित निकाल्नेमा विश्वस्त रहेको बताइन । उनले खेलाडीबीच राम्रो तालमेल रहेकाले प्रदर्शन राम्रो भइरहेको र अन्तिम खेलमा जित निकाल्न आतुर रहेको बताइन् । ‘अर्को चरणका लागि गर या मरको अवस्थामा छौं । हरसम्भव फराकिलो जित निकाल्ने कोसिसमा मैदान उत्रिनेछौ,’ उनले भनिन । 

नेपाली समयअनुसार बंगलादेशविरुद्धको खेल मंगलबार दिउसो २ः१५ बजे थुवुना रंगशालामा सुरु हुनेछ । 

भियतनाम र उज्वेकिस्तानले फिफा वरियताका आधारमा दोस्रो चरणमा स्थान बनाइसकेका छन् । अप्रिलमा हुने दोस्रो चरणको प्रतिस्पर्धामा सबै ४ समूहका शीर्ष दुई गरी ८, तेस्रो हुनेमध्येका उत्कृष्ट दुई तथा भियतनाम र उज्वेकिस्तान गरी १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  ०१:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro