site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सामान्य कथा, अब्बल प्रस्तुति
Sarbottam CementSarbottam Cement

आदर्श प्रेम र उपभोगवादी प्रेमबीचको द्वन्द्वमा कोरिएको चलचित्र ‘लभसाशा’ले यतिखेर विशेषगरी तन्नेरी पुस्तालाई हलसम्म तानेको छ । प्रेमको सरल रेखामा अन्तरमनको प्रेमिल उतारचढावसँगै दर्शकलाई डोऱ्याउने यो चलचित्रले सामान्य कथालाई मीठो गरी पस्केको छ ।

प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको ‘लभसाशा’मा प्रल्हाद (कर्मा शाक्य) र साशा (केकी अधिकारी) मुख्य अभिनयमा छन् भने आसिफ शाह र शिवानी चालिशे, रश्मी भट्ट, विकास जोशीलगायत कलाकार पनि फिल्ममा छन् ।

प्रचण्डमान आफैंले लेखेको कथा अब्बल छ । पटकथामा उनले गरेको मेहनत झल्किन्छ । युवाको मनमा सुटुक्क पसेर उनीहरूको मनोविज्ञानलाई दुरुस्तै उतार्न निर्देशकले धेरै मेहनत गरेका छन् । उनीहरूबीचको संवाद बनावटी लाग्दैन । परिपक्व प्रेम कथाको परिपक्व प्याकेज जस्तो देखिन्छ ‘लभसाशा’ ।

Prabhu Bank
Agni Group
NIC Asia

कथालाई कर्मा र केकीले न्याय गरेका छन् । नेपाली रजतपटमा राम्रो अभिनय गरेर पनि अपेक्षित रूपमा बक्स अफिसमा राज गर्न नसकेका यी दुवै कलाकारले ‘लभसाशा’मा पनि जमेर अभिनय गरेका छन् । उनीहरूले अभिनयमा खोट लगाउने ठाउँ छोडेका छैनन् । हुनेखाने परिवारको चरित्रमा देखिएका आसिफले चलचित्रलाई थप हँसिलो बनाएका छन् । सहायक कलाकार दर्शकका लागि बोझ बनेका छैनन् । बरु चोटिला संवादमार्फत ‘लभसाशा’ लाई अगाडि डो¥याउँदै लैजान्छन् । ‘दाइको नयाँ भाउजू ?’ भन्ने सहायक पात्रको संवादले चलचित्रको कस्तो ‘इन्डिङ’ हुन्छ भन्ने संकेत गर्छ ।

\"\"

Global Ime bank

‘लभसाशा’ युवा पुस्ताका लागि लक्षित चलचित्र हो । तर, अघिल्लो पुस्ताले भोगे वा देखेको, अहिलेको युवा पुस्ताले भोग्दै वा देख्दै गरेको र आउँदो पुस्ताले भोग्ने वा देख्ने कथा हो ‘लभसाशा’को । त्यसैले चलचित्र हेर्न युवामात्रै हलसम्म पुग्नुपर्छ भन्ने छैन ।

चलचित्रमा पोखराका थप केही सुन्दर दृश्य कैद गर्न सकिने ठाउँ हुँदाहुँदै पनि छोडिएको छ । प्रचण्डमानले चलचित्रमार्फत नेपाली साहित्यको प्रचारप्रसार गर्न सकिन्छ भनेर देखाउने लोभलाग्दो प्रयास पनि गरेका छन् । तर, यो सबैलाई मन नपर्न पनि सक्छ । नपत्याउँदो तरिकाले पनि गर्न सकिने कामलाई उनले आक्रामक रूपमा देखाउन खोजेका छन् । एउटा पुस्तक बोकेर त्यसैका लागिमात्रै आजको समयमा व्यक्ति अर्थ र समय खर्चिएर पोखरा जान्छ कि जाँदैन भनेर दर्शकले प्रश्न उठाउन सक्छन् । बीच बाटोमा गाडी बिग्रिएपछि एक युवती अञ्जान युवकको स्कुटरमा बसेर पोखरासम्म पुग्छे भन्ने पत्याउन पनि गाह्रो लाग्न सक्छ ।
तर, कोही व्यक्ति विशेषको सत्यकथामा आधारित नभएको र चलचित्र फिक्सन पनि भएकाले उनी यस्ता त्रुटिबाट उम्किन सक्छन् ।

\"\"

माधव वाग्लेको निर्माण रहेको चलचित्र ‘लभसाशा’ले प्रचण्डमानलाई नेपाली चलचित्र जगतको आशालाग्दो निर्देशक भनेर चिनाउन सक्छ । सबै राम्रा चलचित्रलाई दर्शकले मन पराउँछन् भन्ने छैन । तर, दर्शक हलसम्म पुगे पनि नपुगे पनि व्यक्ति–व्यक्तिको कथा बोकेको ‘लभसाशा’ हेर्न हामी सिफारिस गर्छौं ।
छोटो समयको प्रेमकथालाई मात्रै कथेर पनि व्यावसायिक चलचित्र बनाउन सकिन्छ भनेर ‘लभसाशा’ले प्रमाणित गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १, २०७३  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय