site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बाराक ओबामाका छोरीहरुलाई  जर्ज बुशका जुम्ल्याहा छोरीहरुको भावुक चिठ्ठी
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु बुशका दुई जुम्ल्याहा छोरीहरु जेना बुश र बारबरा बुशले राष्ट्रपति बाराक ओबामाका दुई छोरीहरुलाई एक भावुक खुला पत्र लेखेको पीटीआइले जनाएको छ ।
बुश दिदी बहिनीले चिठीमार्फत मालिया र साशा ओबामालाई ह्वाइटहाउस छाडेपछि उनीहरुको जीवन कस्तो हुनेछ र के–के गर्नु पर्छ भनेर बताएका छन् ।

\"\"
सो चिट्ठी ‘टाइम’ पत्रिकामा छापिएको छ ।

जसमा बुश दिदीबहिनीले सबैभन्दा पहिलो सन् २००८ को नोभेम्बरमा पहिलोपटक मालिया र साशालाई भेटेको बेलाको बारेमा उल्लेख गरेका छन् ।
“जब तिमीहरु आफ्नो नयाँ घर हेरिरहेका थियौ त्यतिबेला हामीले तिमीहरुको आँखामा चमक र आश्चर्य भाव देखेका थियौं । हामी पनि आठ बर्षको उमेरमा यस्तै थियौं,”  बुश दिदीबहिनीले लखेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपतिको छोरीहरु हुनुको नाताले सधैं मानिसहरुको केन्द्रबिन्दु परिने चुनौतीको बारेमा चर्चा गर्दै बुश दिदीबहिनीले ओबामा दिदीबहिनीलाई आफ्नो जीवन आफै जिउन भनेका छन् ।

बुश दिदीबहिनीले लेखेका छन्, “अब तिमीहरु दुवै विशिष्ट मानिसको क्लबमा समावेश हुनेवाला छौ । पूर्वराष्ट्रपतिका बच्चाको क्लबमा । यो एक यस्तो जीवन हो जुन तिमीहरु चाहन्नौ र  जसको कुनै गाइडलाइन्स हुँदैन । तर तिमीहरु दुवै अगाडि बढ्नुपर्ने आवश्यकता छ । आफ्ना मातापिताको छायाँविना आफ्नो जिन्दगीको कहानी आफैं लेख्ने । तर तिमीहरु दुवै सधैं बितेको आठवर्षको अनुभव आफूसँग साथै लिएर अगाडि बढ्ने छौ ।”

Global Ime bank

पूर्वराष्ट्रपति बुशका दुवै छोरीहरुले आफनो करियर भने राजनीतिलाई बनाएका छैनन् ।

जेना एनबीसी न्युजमा रिपोर्टर छिन् भने बारबरा नन प्रफिट अर्गनाइजेशन ग्लोबल हेल्थ कर्प्सको को–फाउन्डर र प्रेसिडेन्ट हुन् । बुश दिदी बहिनीले ओबामा दिदी बहिनीलाई ह्वाइट हाउस छाडेपछिको आफ्नो जीवनलाई मनोरञ्जनात्मक (इन्जोए) बनाउन पनि सल्लाह दिएका छन् ।

बुश दिदी बहिनी अगाडि लेख्छन्,“कलेजमा इन्जोय गर्नु । जुन हामीले गर्यौं । अब तिमीहरुको काँधमा दुनियाँको बोझ रहँदैन । आफ्नो रुचीलाई पहिचान गर्नु । तिमीहरु आफू को हौ भन्ने थाहा पाउने कोशिश  गर्नु । गल्ति गर्नु यसका लागि छुट छ ।”

चिठ्ठीमा लेखिएको छ, “सधैं बफादार साथीको वरिपरि रहनु जसले तिमीलाई चिन्छ, बुझेको र मन पराउँछ । यस्ता साथी हाम्रा लागि कवच जस्ता हुन् । जो   साथीले तिम्रो जज गर्छन्, तिनीहरु तिमीलाई माया गर्दैनन् । उनीहरुको धेरै परवाह नगर्नु । आफ्नो मनलाई सुन्नु ।”

ह्वाइटहाउस बसेको बेलाको समयलाई सम्झँदै बुश दिदीबहिनीले ओबामा दिदी बहिनीलाई ज–जसले ह्वाइट हाउसमा उनीहरुको रेखदेख गरे ती तमाम मानिसलाई सम्झन  सल्लाह दिएका छन् ।

यतिमात्र नभएर सधै छायाँ जस्तै पछाडि पछाडि लाग्ने कालो कोटको पहिरनमा हिड्ने ती सेक्युरिटी  एजेन्ट्सहरुलाई महत्व दिन र उनीहरुको कदर गर्न भनेका छन् । बुश दिदीबहिनीका अनुसार यसरी कसैको  पिछा गर्नु सम्मानजनक काम होइन् तर पनि तिनीहरु त्यस्ता मानिसहरु हुन जो आफ्नो जीवनलाई तिम्रा लागि समर्पण गरेका हुन्छन् ।

यही २० जनवरीपछि ओबामासँगै उनका दुई छोरीहरु पनि ह्वाइट हाउस छाड्दैछन् । ओबामाकी कान्छी छोरी साशाको पढाइ पुरा नहुन्जेल उनीहरु वाशिङटनमै बस्ने निर्णय लिएका छन् ।  उता जेठी छोरी मालियाले हार्भर्ड विश्व बिद्यालयमा पढ्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १, २०७३  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय