site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
केकीसँग चलचित्रका कुराः ‘लभ साशा मा ५१ टेकसमेत लिएका थियौं’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लभ साशा’ निकै मेहनत गरेर निर्माण गरिएको सिनेमा भएको मुख्य भूमिकामा रहेकी नायिका केकी अधिकारीले बताएकी छन् ।
“हामी साधारणतः गरिरहेकै काम त हो भनेर छायांकन गरिरहेका थियौं, हाम्रो काम निर्देशकलाई चित्त बुझिरहेको रहेनछ,” अधिकारी खुलिन्,” बीचमा केही समय छायांकन रोक्नु पर्ने अवस्था आयो । पछि हामीले फेरी रि–सुट गर्यौं ।” 
उनले एउटा सिनका लागि ५१ टेक समेत लिएको बताइन् ।

“जव हामीलाई स्क्रिप्टलाई न्याय गरिरहेका छौं भन्ने लागेन, हामीले मेहनत गर्न थाल्यौं, नायिका अधिकारी भन्छिन्, “एउटा सिनका लागि ५१ टेक समेत लिएका छौं, २०÷२१ टेक भन्दा कम कुनै सिनमा पनि लिइएको छैनौं ।”
उनले ‘लभ साशा’ चलचित्र आफ्नो करियरकै राम्रो चलचित्र भएको बताइन् ।

“हुन त चलचित्रको प्रचारका लागि सबै भन्दा तपाइँलाई राम्रो लाग्ने आफ्नै चलचित्र कुन हो भन्ने प्रश्नमा  सबैबाट पछिल्लो चलचित्रलाई सबैभन्दा राम्रो भन्ने जवाफ आउँछ,” उनी भन्छिन्, “म मेरो पछिल्लो चलचित्र भएकाले प्रोमोशनका लागि भनिरहेकी छैन, इमान्दारिताका साथ भन्दा  मरो करियरको १५ औं चलचित्र ‘लभ साशा’ सबैभन्दा उत्कृष्ट लागेको चलचित्र हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले ‘लभ साशा’ आफैंलाई हेरेर लेखिएको चलचित्र भएको भन्दै यसबाट आफू उत्साहित भएको बताइन् । बलिउडमा अमिताभलाई लिएर चलचित्रको स्टोरी बनाइने गरेको भन्दै उनले त्यो ‘ट्रेन्ड’ नेपालमा पनि सुरु हुनुपर्नेमा जोड दिइन् ।

“२÷४ वर्ष काम गरेपछि यो क्षेत्रबाट पलायन हुुनुपर्ने अवस्थाको अन्त्य नभएसम्म व्यवसायिक रुपमा सफल र उत्कृष्ठ चलचित्र कमै बन्छन् होला,” उनले भनिन्, “बलिउडमा जस्तो एउटा चलचित्रले अर्बौंको ब्यापार गर्ने र कलाकारले १० औं करोड पाउने हो भने हामी पनि नेपालमा त्यस्तै मेहनत गथ्र्यौं होला ।”

Global Ime bank

नेपाली नायक÷नायिका आफ्नो भविश्य आर्थिक रुपमा असुरक्षित हुँदा हुँदै पनि कलाप्रतिको सम्मान, प्याशन र कला प्दर्शनका लागि मात्रै लागेको उनको भनाइ छ । 

“भिजा गलमा मेरो सानो गेस्ट रोल थियो । त्यहाँ मेरो अनुहार पूरा नदेखिँदै मेरो भूमिका सकिन्छ । मैले प्रचण्डमान दाइसँग जिस्किँदै मेरा त्यत्रा साथीहरुलाई हलमा लिएर गएर हेर्दा त मेरो अनुहार नदेखाउँदै मेरो रोल त सकियो भनेर भनेको थिएँ । त्यही बेला उहाँले कुनै बेला तपाइँलाई सुहाउने रोल भएछ भने मुख्य चरित्र नै बनाउँला भन्नु भएको थियो,” अधिकारीले सम्झिइन्, “म युएसमा थिएँ । कहिले मलाई नबोलाउने मान्छेको फेसबुकमा म्यासेज आयो । म्यासेजमा उहाँले तपाइँलाई हेरेर मैले स्क्रिप्टको ड्राफ्ट तयार गरेको छु, राम्रो लाग्यो भने यसलाई अगाडी बढाउँला नभए मलाई मात्रै राम्रो लागेको रहेछ भनेर छोड्दिन्छु भन्नु भएको थियो । ८ पेज लामो स्क्रिप्टको पहिलो ५ पेज हेर्दै मलाई नेपालमा पनि यति धेरै मेहनत स्क्रिप्टमा गर्ने मान्छे रहेछन् भन्ने लाग्यो । यो फिल्म छोड्नु हुँदैन भनेर नेपाल आएँ ।”

‘लभ साशा’ को विषय पुरानै भए पनि गहिराइमा गएर बनाइएको माया प्रेमको पहिलो चलचित्र भएको उनको भनाइ छ । “यो हाम्रो मौलिक विषयमा बनेको चलचित्र हो, यस्तो चलचित्र न बलिउडमा बन्छ न हलिउडमा,” अधिकारीले भनिन्, “हाम्रो आफ्ने विषय भयो भने त्यो मन चिरेर मनमा छिर्छ ।” 
प्रचण्डमान श्रेष्ठको निर्देशन रहेको चलचित्रमा अधिकारीको ‘अपोजिट’मा कर्मा शाक्य छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७३  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय