site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
मलेसियामा लेभी हटाउने निर्णय एक वर्ष पछि सर्‍यो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मलेसियाली व्यवसायीको विरोधपछि त्यहाँको सरकारले विदेशी कामदारले तिर्दै आएको लेभी रोजगारदाताले तिर्नुपर्ने भन्ने सरकारको यसअघिको निर्णयलाई एक वर्ष पछि स्थगित गरेको त्यहाँको समाचार संस्था बर्नामाले जनाएको छ । 

बुधबार बसेको मलेसिया सरकारको मन्त्रिपरिषद् बैठकले यसअघिको सरकारको निर्णय कार्यान्वयनका लागि एक वर्ष पछाडि सारेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

विदेशी कामदारको लेभी रोजगारदाताले तिर्दा मलेसियाली अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै स्थानीय व्यवसायीहरुले विरोध गरेपछि सरकारले लेभी हटाउने निर्णय सन् २०१८ बाट लागु गर्ने बताएको छ ।

मलेसियाका यातायातमन्त्री दातुक सेरी लियो तियोङ लाईले रोजगारदातालाई विदेशी कामदार ल्याउन सहज बनाउने र मुलुकको आर्थिक विकासलाई गति दिने उद्देश्यले नयाँ व्यवस्था तत्काल लागु नगर्ने निर्णय भएको बताए । उनले यो निर्णय मलेसियाका प्रधानमन्त्रीसँगको छलफलपछि आएको जानकारी दिएका छन् । 

Global Ime bank

यसअघि मलेसियाका गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीले रोजगारदाताले ‘इम्प्लोयर म्यान्डेटरी कमिटमेन्ट (ईएमसी) अन्तर्गत रहेर विदेशी कामदारको लेभी तिर्नु दायित्व भएको बताएका थिए ।

मलेसियाको सरकारी समाचार संस्था बर्नामाका अनुसार गत डिसेम्बर ३१ तारिखमा मलेसिया सरकारले ‘इम्प्लोयर म्यान्डेटरी कमिटमेन्ट’अन्तर्गत ल्याएको नयाँ व्यवस्था जनवरी १ तारिखदेखि लागु गर्ने भनेको थियो ।

उक्त व्यवस्थामा विदेशी कामदारले तिर्दै आएको लेभी रोजगारदाताले नै तिर्नुपर्ने व्यवस्था थियो । यसमा यसअघि कामदारले तिर्दै आएको लेभी रोजगारदाताले उसको तलबबाट कटाउन नपाउने बताइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय