site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । 
यही कात्तिक २७ गतेदेखि आजसम्म भएको महाधिवेशनको बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको हो । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ, उपाध्यक्षमा तिलकुमार मेन्याङ्वो, पासाङ शेर्पा, शरण राई, कृपाशुर शेर्पा, झकबहादुर थापामगर, शान्ता चौधरी र चित्र थापामगर छन् ।  
महासचिवमा पर्शुराम मेघी गुरुङ, उपमहासचिवमा टासी लामा र विजयसिंह लोप्चन, सचिवमा रामचन्द्र बल, पिके राई, शारदाकुमाल र देवराज राई छन् । कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा रामप्रसाद चौधरीलाई जिम्मेवारी दिइएको छ । 
महासङ्घका प्रतिनिधि शिव गुरुङले अब विभिन्न प्रदेशको क्षेत्र तथा भूगोलको सन्तुलन मिलाएर ८३ जना सदस्य चाँडै छनोट गरिने जानकारी दिए । शनिबारदेखि सुरु भएको महाधिवेशनले विधान र महासङ्घको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरेको उनले बताए । रासस 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro