site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
SkywellSkywell

काठमाडौं । शिक्षा विभागको नाम फेरेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइएको छ । नवगठित केन्द्रको महानिर्देशकमा तत्कालीन शिक्षा विभागकै महानिर्देशक बाबुराम पौडेललाई जिम्मेवारी दिइएको छ । बाँकी ५ सहसचिव भने जिम्मेवारीविहीन भएका छन् । 

केन्द्रमा ३ महाशाखा र १७ शाखा बनाइएको छ । शैक्षिक योजना तथा विकास महाशाखा, शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा र मानव संशाधन महाशाखा रहेका छन् । शिक्षा विभागसँग सम्बद्ध शाखाहरुलाई शैक्षिक योजना तथा विकास, अनौपचारिक र शैक्षिक जनशक्ति विकास केन्दूको दूर शिक्षा र खुला सिकाइतर्फका शाखाहरुलाई शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा तथा शैक्षिक जनशक्ति विकास केन्द्रको मानव संशाधन महाशाखा र अन्य प्रशासनसँग सम्बन्धित शाखालाई मानव संशाधन विकास महाशाखाअन्तर्गत राखिएको केन्द्रले जनाएको छ । 

Dabur Nepal
NIC Asia

त्यस्तै गुणस्तर मापनका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अलग्गै नयाँ संरचना स्वीकृत भएको छ । केन्द्रमा पनि अनुसन्धान तथा गुणस्तर सुधार शाखा राखिएको छ । केन्द्रमा पाठ्यक्रम शाखा पनि रािखएको छ । यद्यपि, पाठ्यक्रम विकास केन्द्रको संरचना पनि कायमै छ । 

पाँच सहसचिव कामविहीन
नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा महानिर्देशक तोकिए पनि ५ सहसचिवहरु दीपक शर्मा, टेकनारायण पाण्डे, खगेन्द्र नेपाल, चूडामणि पौडेल र मन्त्रालय तानिएका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी कामविहीन भएका छन् । 

कार्यान्वयनमा आएको नयाँ शिक्षा सेवाका ३ सयभन्दा बढी उपसचिव स्तरका कर्मचारी भने विगत केही समयदेखि बिनाजिम्मेवारी हाजिर गरेर बस्ने गरेका छन् । केन्द्रका उपसचिव चैतन्यप्रसाद निरौलाले जिम्मेवारी बाँडफाँट नभएर हाल आफूहरु कामविहीन भएको अवस्थामा रहेको बताए । उनी यसअघि ताप्लेजुङको जिल्ला शिक्षा अधिकारी थिए ।  
सहसचिवहरुलाई जिम्मेवारी दिने विषयमा छलफल भइरहेको शिक्षा मन्त्रालयले भने जनाएको छ । केही दिनमै सबैलाई जिम्मेवारी दिइसकिने मन्त्रालयको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro