देश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ शुभारम्भ गरेका छन् । सो अवसरमा उनले मानव जातिको सुरक्षाका लागि पनि वातावरणीय सन्तुलन कायम गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन लागिपरेको पनि बताए । सरकारले भावी सन्ततिलाई समेत ध्यानमा राखेर वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सो अवसरमा उनले सिंहदरबारमा परिसरमा लिची र एभोकार्डोको बिरुवा रोपेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०७५ १३:५५
प्रतिक्रिया दिनुहोस्