site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हरिको एकै खेलमा ह्याट्रिक विकेट र शतक रन, रचे इतिहास
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा हरि चौहानले एकै खेलमा ह्याट्रिक विकेट र शतक प्रहार गरेका छन् । हरिले प्रदेश नम्बर एक विरुद्ध ह्याट्रिक विकेट र शतक प्रहार गर्दै इतिहास रचेका छन् ।

हरि चौहानले प्रदेश १ विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । आफ्नो पाचौ ओभर बलिङ गर्न आएका हरिले चौथो, पाचौ र छैटौ बलमा लगातार विकेट लिदै ह्याट्रिक पुरा गरेका हुन् । उनले फिर्दोस अन्सारी, मनोज तामाङ र अभ्यास तिमल्सिनाको विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले ५ ओभर बलिङ गर्दै १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, प्रदेश नम्बर १ विरुद्ध ब्याटिङमा पनि उनले शतक प्रहार गरेका थिए । ११५ बलको सामाना गरेका हरिले ८ चौका र १ छक्काको मद्दतमा शतक बनाएका थिए ।

घरेलु प्रतियोगितामा उनको यो कीर्तिमानी प्रदर्शन हो । अहिलेसम्म कुनै पनि खेलाडीले एकै खेलमा ह्याट्रिक विकेट र शतक प्रहार गर्न सकेका छैनन् । उनकै उत्कृष्ट प्रदर्शनमा प्रदेश चारले प्रदेश १ लाई १२९ रनले पराजित गरेको छ । ३११ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको प्रदेश एक १८१ रनमा अलआउट भएको थियो ।

Global Ime bank

टियु मैदानमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश चारले ३१० रन बनाएको थियो । त्यस्तै, वर्षाका कारण प्रदेश ५ र ७ को खेल भने रद्द भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०७५  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय