site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसियन गेम्स फन रन मंगलबार
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एसियालीको खेलकुदको महाकुम्भ एसियन गेम्स अघिको एसियन गेम्स फन रन नेपालमा पहिलोपटक आयोजना हुने भएको छ । नेपाल ओलम्पिक कमिटि एनओसीको आयोजनमा मंगलबार एसियन गेम्स फन रन हुने भएको हो ।

यसै बर्ष आयोजना हुने १८ औं संस्करणको एसियन गेम्स आगामी अगस्टमा इन्डोनेसिया हुँदैछ । जाकार्ता र पालेमबाङमा आयोजना हुने एसियन गेम्समा ४० खेलको ४६२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । उक्त  एसियन गेम्सको प्रवर्दन र सामाजिक उत्तरदायित्वको लागि नेपालमा एसियन गेम्स फन रन आयोजना गर्न लागिएको हो ।

Agni Group
NIC Asia

एसियन गेम्स फन रनमा करिब १४ सयले सहभागिता जनाउने एनओसीले सोमबार पत्रकार सम्मेलनको आयोजनाबाट जानकारी गराएको छ । ओलम्पिक खेलसँग सम्बन्धित सस्था तथा नेपालमा रहेका खेलकुद संघसँगै नागरिकले सहभागिता जनाउन पाउने फन रन बिहान ७ बजे सुरु हुने एनओसीले जनाएको छ ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको भवनबाट सुरु हुने फन रन जावलाखेल, पुल्चोक, गाबहाल हुँदै पुन सातदोबाटो आएर समापन हुनेछ । एसियन गेम्स फन रन ७ किमीको हुनेछ । जसमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र पुलिस क्लबबाट समान एक एक सय खेलाडी सहभागी हुनेछन्  । यस्तै राष्ट्रिय खेलकुद परिसदमा दर्ता भएका खेल संघबाट २० देखि ७५ जना खेलाडी सहभागी हुने एनओसीले जनाएको छ ।

Global Ime bank

एसियन गेम्स फनको लागि एसियन गेम्स इन्डोनेसिया आयोजक कमिटिका  मिडिया तथा पब्लिक रिलेसन उप निर्देशक रत्न इर्सना, ओलम्पिक काउन्सिल अफ एसिया  ओसीएका मिडिया म्यानेजर जिन् झू जियान र ओसीएका अध्यक्ष अहमद अल फाहदका सचिव विस्सम टार्मनी नेपाल आएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधी सभाका सदस्य जीवन राम श्रेष्ठले एसियन गेम्सको प्रमोट गर्न र ओलम्पिक मुभमेन्टको लागि एसियन गेम्स फन रन आयोजना गर्न लागेको जानकारी दिए ।  यस्तै अध्यक्ष श्रेष्ठले सरकारसँग छलफल गरेर एसियन गेम्समा सहभागिता जनाउने खेल र खेलाडीको तय गर्ने जानकारी गराए । एसियन गेम्सको लागि राष्ट्रिय खेलकुद परिसद राखेपले  राखेप उपाध्यक्ष लामा टेण्डी शेर्पाको संयोजकत्वमा ९ उच्च स्तरीय समिति गठन गरिसकेको छ ।

तस्विर श्याम चित्रकार

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०७४  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu