site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
युएस–बंगला एयरलाइन्स विमान दुर्घटनाका ४ घाइते आईसीयूमा उपचारत, अधिकांशको अवस्था सामान्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । युएस–बंगला एयरलाइन्सको ‘बम्बाडियर (डीएच–८–डी) जहाज दुर्घटनाका २२ जना घाइतेमध्ये चार जनाको आईसीयूमा उपचार भैरहेको छ । जसमध्ये दुई जना नेपाली  छन् । प्रिन्सी धामी र समिरा व्यञ्जनकार रहेका छन् । उनीहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ । 

त्यस्तै इमरान कविर र रिजवानुल हाक्यु नाम गरेका दुई बंगाली नागरिकको पनि आईसीयूमा उपचार भैरहेको छ । उनीहरुको क्रमशः काठमाडौं मेडिकल कलेज र ओम हस्पिटलमा उपचार भैरहेको नेपाल नागरिक उड्डय प्राधिकरणले जनाएको छ । जम्मा ११ जना नेपालीको उपचार भैरहेको छ । ६७ जना यात्रु सवार रहेको विमानमा ३३ जना नेपाली थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उपचार भैरहेका अन्यमा ९ जना नेपाली रहेका छन् । ग्राण्डी हस्पिटलमा किशोर त्रिपथी, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार, विनोद पौडेलको उपचार भैरहेको छ । नर्भिक हस्पिटल थापाथलीमा बसन्त बोहरा, आशिस रञ्जित र सोनाम शाक्यको उपचार भैरहेको छ । प्राधिकरणका अनुसार न्युरो हस्पिटलमा दिनेश हुमागाइँ र मेडी सिटी हस्टिलमा केशव पाण्डेको उपचार भैरहेको छ । अन्य बंगलादेशी नागरिकको नर्भिक, ओम र काठमाडौं मेडिकल कलेज सिनानमंगलमा उपचार भैरहेको छ । 

“उपचार गराइरहनु भएका तीन/चार जना बाहेक सबै आउट अफ डेन्जर अवस्थामा रहेको जानकारी हामीलाई आएको छ,” संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भने ।  

Global Ime bank

अहिले केएमसीमा हाल १० जना, अर्भिकमा ५ जना, ओममा १जना, ग्राण्डीमा ४ जना र मेडीसिटीमा १ जना गरी जम्मा २१ जना उपचाररत रहेका सचिव देवकोटाले जानकारी दिए । 
युएस–बंगला एयरलाइन्सको ‘बम्बाडियर (डीएच–८–डी) जहाज सोमबार अपरान्ह दुघर्टना हुँदा चालक दलका सदस्सहित ४९ जनाको मृत्यु भएको थियो । 

दिवंगत विदेशी नागरिकको शव भने पोष्टमार्टमपश्चात परराष्ट्र मन्त्रालय तथा दूतावासमार्फत आफन्तको जिम्मा लगाइने जानकारी दिइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC