site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमा सुदूरपश्चिम र पश्चिमाञ्चल भिड्ने
Siddhartha BankSiddhartha Bank

धनगढी  । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबारबाट धनगढीमा सुरु हुने भएको छ । आयोजक कैलाली जिल्ला खेलकुद विकास समितीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बुधबारबाट सुरु हुने जनाएको हो  ।

फागुन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र एक विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ गरी ६ टोलीको सहभागिता रहेको छ  । सहभागी ६ टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ । समुहका विजेता र उपविजेताले सेमिफाईनलमा स्थान बनाउने छन्  ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व हुने प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र पश्चिमाञ्चलबीच हुने प्रतियोगिता संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको उद्घाटन राखेपका सदस्य सचिव केशव विष्टले गर्नेछन् ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।  त्यस्तै, वुमन अफ द सिरिजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई जनही पाच हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।

Global Ime bank

धनगढीको फाप्ला मैदानमा हुने प्रतियोगिताको लागि सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको छ । प्रतियोगितामा झण्डै साढे ३८ लाख खर्च हुने अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय