site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
नवाजुद्दीन सिद्दीकी प्रेम चोपडा र ओमपुरीलाई टक्कर दिने तयारीमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउडमा नकारात्मक भूमिका निर्वाह गर्ने कलाकार सम्झिँदा सुरु मै स्मरण हुने कलाकारहरु हुन्, अमरेश पुरी, परेश रावल, डैनी डेन्जोंगपा, प्रेम चोपडा । अब यही सूचीमा जोडिन लागेको नाम हो नवाजुद्दीन सिद्दीकी । 

उनी फिल्म ’जीनियस’ मा नाकारात्मक भूमिका निर्वाह गर्न गइरहेका छन् । नवाजुद्दीनले यस अघि फिल्म ‘गैंग्स अफ वासेपुर’, ‘बदलापुर’, ‘रमन राघव २.२’, ‘किक’ लगायतका फिल्ममा नकारात्मक भूमिका निर्वाह गरिसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आगामी फिल्म ’जीनियस’ मा नवाजुद्दीनले एक क्रुर खलपात्रको भूमिका निभाउने भएका छन् । फिल्ममा निर्देशक अनिल शर्माका छोरा उत्कर्ष शर्मा मुख्य भूमिकामा देखिने छन् । नवाजुद्दीनले फिल्म ‘मांझी द माउन्टेन म्यान’ मा मुख्य भूमिका निर्वाह गरेर दर्शकको मन जिती सकेका छन् । 

नवप्रवेशी अभिनेता उत्कर्ष शर्माले यसअघि सनी देओल र अमीषा पटेलका साथ फिल्म ‘गदर ः एक प्रेम कथा’ मा स्क्रीन शेयर गरिसकेका छन् । अब उनी फिल्म ‘जीनियस’ बाट बलिउडमा डेब्यू गर्न गइहरेका छन् । यो फिल्मलाई उत्कर्षका पिता अनिल शर्माले निर्देशन गर्ने भएका छन् । 

Global Ime bank

उत्कर्षले सन् २००१ मा प्रदर्शनमा आएको फिल्म ‘गदर ः एक प्रेम कथा’ मा अमीषा पटेल र सनी देओलका छोरा चरणजीतको भूमिका निभाएका थिए । यो फिल्म ब्लक बस्टर साबित भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  २२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय