site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अमेरिकी अर्थतन्त्रमा भूकम्प, डाउजोन्स एकैदिन १ हजार प्वाइन्ट घट्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गएराति अमेरिकी अर्थतन्त्रमा निकै ठूलो भूकम्प गएको छ । सन् २००८ को आर्थिक संकटपछि अमेरिकी स्टक मार्केट निकै तल गएको छ । अमेरिकाको मुख्य उद्योगको सेयर राखेर तयार गरिएको र अमेरिकी अर्थतन्त्रलाई एक नजरमा बयान गर्न प्रयोग हुने डाउजोन्स औद्योगिक इन्डेक्स गएको रात एकैदिनमा ४.६ प्रतिशतले घटेर एक हजार १७५ प्वाइन्टले तल ओर्लेको बीबीसी सीएनएन अादी समाचार संस्थाले जनाएका छन् । अमेरिकाका सम्पूर्ण संचारमाध्यम यसरी अर्थतन्त्रको सूचक अचानक तल गएकोमा आश्चर्यमा परेका छन् । सन् २००८ मा एकैदिन यो इन्डेक्स ७७७.६८ प्रतिशत तल झरेको थियो । त्यसैले यो अहिलेसम्मकै सबैभन्दा ठूलो खसाई हो भनिएको छ  ।
 
अमेरिकी बजारको यो डरलाग्दो ओरालोलाई अमेरिकी लगानीकर्ताले निकै सजग भएर हेरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिले २४ हजार ३४५ प्वाइन्टमा पुगेको डाउजोन्स इन्डेक्स कुनै खास आर्थिक कारणले नभएकोले यसको ठूलो असर पर्दैन भनेर अमेरिकी सरकारलाई समर्थन गर्ने फक्स च्यानलले दाबी गरेको छ । अमेरिकी चुनावको नतिजापछि लगातार अघि बढिरहेको कारणले पनि बजार कोर्स करेक्सनका लागि अचानक तल गएको भनेर पनि केही सरकार समर्थकले भनिरहेका छन् ।
 
न्युयोर्क टाइम्समा पउल क्रुगम्यान लेख्छन्, स्टक मार्केटको यो ओरालोलाई हामीले अर्थतन्त्रलाई सशक्त ढंगले पुनरावलोकन गर्नुपर्ने देखाउँछ । उनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका अनुयायीले दाबी गरेको भन्दा अमेरिकी अर्थतन्त्र निकै मन्द गतिले अघि बढ्ने संभावना देखिएको छ ।
 
डाउ बाहेक नासडाक पनि ४ प्रतिशतले तथा एस एण्ड पी (स्टाण्डर्ड एण्ड पोर्स) इन्डेक्स पनि ४ प्रतिशतले खसेका छन् । अमेरिकी बजार ओर्लेका कारण जापानको निक्केई इन्डेक्स पनि मंगलबारको बजार खुल्दा ओरालो लाग्न शुरु गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC