site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
सरकार गठनको गृहकार्य, मोदीलाई मुक्तिनाथ र जनकपुरको भ्रमण गर्न ओलीको निम्तो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदेश सभा सदस्यको शपथ ग्रहण भएकै दिन दुई कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रबीच सरकार गठनको गृहकार्य सुरु भएको छ । सरकार गठनको स्वरूप, त्यसले अघि सार्ने विकासका योजना बनाउने गृहकार्यमा दुई दलका नेताहरू जुटेका छन् ।

अबको एक महिनाभित्र प्रदेश सरकार गठन गरिसक्ने र राष्ट्रिय सभा निर्वाचनलगत्तै केन्द्रीय सरकार पनि गठन गर्नुपर्ने भएकाले गठबन्धनको ध्यान त्यसतर्फ केन्द्रित भएको हो ।

दुई दलले एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्नुपर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ । त्यसमा दुवै दलका प्रभावशाली नेता सदस्य रहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले यो निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यससँगै आइतबार देशका सातैवटा प्रदेशका प्रदेश सभा सदस्यहरुले लिएको शपथ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको वार्तालगायतका विषयलाई आजका पत्रपत्रिकाले प्राथमिकतामा राखेका छन् ।

सरकार गठनको गृहकार्य शीर्षकमा लेखिएको समाचारलाई आजको कान्तिपुर दैनिकले दोस्रो पृष्ठमा प्रकाशित गरेको छ ।

Global Ime bank

त्यसैगरी जनकपुर र मुक्तिनाथ भ्रमण गर्न मोदीलाई ओलीको निम्तो भन्ने शीर्षकको समाचार पनि कान्तिपुरले दोस्रो पृष्ठमा प्रकाशित गरेको छ ।

एमालेका अध्यक्ष ओलीलाई आइतबार भारतीय प्रधानमन्त्री मोदीले भावी प्रधानमन्त्रीका रूपमा शुभकामनासमेत दिएका थिए ।

‘प्रदेश सांसदले लिए शपथ’ शीर्षकको समाचारलाई आजको कान्तिपुर दैनिकले पहिलो पृष्ठमा विशेष स्थान दिएर प्रकाशित गरेको छ । प्रदेश नम्बर १ र ३ का सदस्यहरुले लिएको शपथको तस्बिर पनि पहिलो पृष्ठमा प्रकाशित गरिएको छ ।

‘प्रदेश सभाका सांसदको ऐतिहासिक शपथ’ शीर्षकमा नयाँ पत्रिका दैनिकले ब्यानर समाचार प्रकाशित गरेको छ । हतारमा आयोजित कार्यक्रम भेट्टाउन प्रदेश प्रमुखलाई नै सास्ती, हेलिकोप्टर चढेर जाँदा पनि समयमै कार्यक्रम हुन नसकेको समाचारमा उल्लेख छ । नयाँ पत्रिका दैनिकले सातैवटा प्रदेशमा भएको शपथ ग्रहणका साना साना तस्बिरसहितको समाचार पहिलो पृष्ठमै प्रकाशित गरेको छ ।

आजको नागरिक दैनिकले पनि सातै प्रदेशमा शपथ शीर्षकमा हेटौंडामा प्रदेश सभा सदस्यहरूले लिएको शपथको तस्बिरसहितको समाचार प्रकाशित गरेको छ ।

‘चार भाषामा शपथ’ शीर्षकमा राजधानी दैनिकले प्रदेश नम्बर १ का सदस्यहरुले शपथ लिएको तस्बिरसहितको समाचार प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्टले झिटीगुन्टासहित पुगेका प्रदेश सभा सदस्यको तस्बिरलाई विशेष स्थान दिएको छ । शपथ ग्रहणको समाचारलाई भित्री पृष्ठमा प्रकाशित गरेको अन्नपूर्णले ‘मनाङे पक्रन ताकेता’ शीर्षकको समाचारलाई विशेष स्थान दिएको छ ।

 

अन्य समाचार

आजको अन्नपूर्ण पोस्ट दैनिकले निजी मेडिकल कलेजले शुल्कमा गरेको मनोमानी सम्बन्धी समाचारलाई पहिलो पृष्ठमा विशेष स्थान दिएको छ । निजी मेडिकल कलेजले सरकारले तोकेको शुल्कभन्दा बढी ६ लाखको चेकसहित भर्ना हुन सर्टिफिकेटसहित आउन भन्दै दबाब दिएको समाचारमा उल्लेख छ ।

 

राष्ट्रिय सभाका लागि मतदाता नामावली प्रकाशित

आजको गोरखापत्र दैनिकले राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा मतदाता नामावली प्रकाशित गरिएको सम्बन्धी समाचारलाई मुख्य समाचार बनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ जना तथा सात प्रदेशबाट निर्वाचित ५५० प्रदेश सभा सदस्य गरी दुई हजार ५६ जना मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

 

नेपाल–भारत सीमा विवाद सीमा स्तम्भ पाँच वर्षभित्रै बनाइसकिने

नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैँका लागि सुल्झाउन आगामी पाँच वर्षभित्र दुई देशको सीमामा सम्पूर्ण ‘सीमा स्तम्भ’ निर्माण गरिसक्ने भएको जनाएको छ ।

यो समाचारलाई आजको नागरिक दैनिकले विशेष स्थानका साथ प्रकाशित गरेको छ । नेपाल –भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा ८ हजार ५ सय ५३ सीमा स्तम्भ रहनेछन् । यीमध्ये करिब ६ हजार ६ सय ३ सीमा स्तम्भ दुवै देशको सहमतिमा निर्माण गरिसकिएको छ ।

 

सम्पादकीय

‘संघीयताका सारथि’ शीर्षकमा नागरिक दैनिकले सम्पादकीय लेख्दै प्रदेश सरकारहरूले तडकभडक गर्नुभन्दा पनि आफूलाई सहज र मितव्ययी बनाए भने संघीयता सफलतातर्फ उन्मुख हुने उल्लेख गरेको छ ।

 

‘कर्मचारी करारमा लिनुअघि’ शीर्षकमा नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा करारमा कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था तत्कालका लागि उपयुक्त लागे पनि दीर्घकालमा यस प्रणालीले स्थानीय तहलाई नै काम गर्न नसक्ने गरी अस्तव्यस्त बनाउने खतरा रहेको उल्लेख छ ।

 

‘प्रदेशको जग बसाउने जिम्मेवारी’ शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा अहिले निर्वाचित सांसदहरुको जिम्मेवारी प्रदेशको जग बसाउने भएको उल्लेख गरिएको छ ।

 

‘प्रदेश सभाका कार्यभार’ शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय लेखेको छ । सम्पादकीयमा संघीयता कार्यान्वयनसँगै तल्लो तहसम्म अधिकार प्रत्यायोजन भएको उल्लेख छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC