site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पिएसजीको फराकिलो जितमा नेयमारको चार गोल
Sarbottam CementSarbottam Cement

एजेन्सी । नेयमार चम्किएपछि फ्रेन्च लिग लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फराकिलो जित निकलेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा शिर्ष स्थानको पिएसजीले डिजोनलाई ८–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन नेयमारले ह्याट्रिकसहित ४ गोल गरे । त्यस्तै एन्जल डी मारियाले दुई तथा एडिन्सन काभानी र केलियन एमबाप्पेले समान एक एक गोल गरे । फराकिलो जितमा पिएसजीले दुवै हाफमा समान चार चार गोल गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्क डी प्रिन्सेस स्टेडियममा डी मारियाले चौथो मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । खेलको १५ औँ मिनेटमा डी मारियाले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजीको अग्रता दोब्बर पुग्यो । २१ औँ मिनेटमा काभनीले गोल गर्दै पिएसजीलाई ३–० को अग्रता दिलाए । यो गोलसँगै काभानीले पिएसजीको सर्वकालीन सर्वा्धिक गोलकर्ताको कीर्तिमानमा बराबरी गरे । पिएसजीका लागि १५६ गोल गरेका काभानीले जाल्टन इब्राहिमोविचले बनाएको कीर्तिमानसँगको बराबरी गरेको हो ।

खेलको ४२ औँ मिनेटमा नेयमारले पहिलो गोल गरेपछि पहिलो हाफमा पिएसजी ४–० ले अघि रह्यो । दोस्रो हाफमा नेयमारले थप तीन गोल गरे । खेलको ५७ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५ – ० मा ल्याए । खेलको ७३ औँ मिनेटमा नेयमारले गोल गर्दै ह्याट्रिक पूरा गर्दा  पिएसजीले अग्रता आधा दर्जन पुग्यो । खेलको ७७ औँ मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले ७–० को अग्रता बनायो । त्यसपछि खेलको ८३ औँ मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई ८–० को फराकिलो जित दिलाए ।

Global Ime bank

यो जितसँगै पिएसजीले २१ खेलबाट ५६ अंक बनाएको छ । र, पिएसजी दोस्रो स्थानको लियोन भन्दा ११ अंकले अघि रहेको छ । बुधबार राति नै गुइन्गाम्पलाई २–० ले हराएको लियोनको ४५ अंक छ । तेस्रो स्थानको मार्सेलीको ४४ अंक छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय