site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
माघ २१ मा बस्ती हस्तान्तरण गर्दै धुर्मुस-सुन्तली, डेढ करोड पुगेन
Sarbottam CementSarbottam Cement

काठमाडौं । शीतलहरले तराई–मधेसका जिल्ला आक्रान्त बनिरहँदा हास्य कलाकार दम्पत्ति सीताराम कट्टेल ‘धुुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ रौतहटको चन्द्रपुरस्थित सन्तपुरमा एकीकृत बस्ती बनाउन जुटिरहेको छ । यही माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ काम थालेको धुर्मुस सुन्तली फाउन्डेसनले निर्धारित समयभन्दा ४ दिनअगावै बस्ती हस्तान्तरण गर्न लागेको छ ।

गत वर्षामा आएको बाढीले क्षतविक्षत बनाएको चन्द्रपुर–८ का ४७ घर विपन्न परिवारलाई उनीहरूले शीतयाममा घर निर्माण गरी हस्तान्तरण गर्न लागेका हुन् । बस्ती निर्माण भएको मंगलबार ९५ दिन पूरा भएको छ । यो अवधिमा दिनरात नभनी खटेकाले तोकिएको समयभन्दा अगावै निर्माण कार्य पूरा हुन आँटेको धुर्मुसको भनाइ छ । निर्माण कार्य सुरू भएयता मुलुक स्थानीय निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनतर्फ होमिए पनि बस्ती निर्माणमा कुनै बाधा नपुगेको र सबैको साथ, सहयोगले निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म ४७ वटा घर, एउटा बालउद्यान, मन्दिर, सामुदायिक भवन निर्माण भइसकेको छ भने भ्यु टावरको काम भइरहेको उनको भनाइ छ । बस्ती हस्तान्तरणको तिथि नजिकिँदै जाँदा दम्पत्ति नै निर्माणस्थलमा रहेर खटिएका छन् ।

“बिहीबारसम्म भित्रि बाटो निर्माण हुन्छ । माघ दोस्रो सातासम्म रङ्गरोगनको काम पनि सकिन्छ,” धुर्मुसको भनाइ थियो ।

Global Ime bank

एक करोड ४० लाख अपुग
हस्तान्तरण गर्न १९ दिन बाँकी रहँदा बस्ती बनाउन अझै १ करोड ४० लाख अपुग भएको धुर्मुसले जानकारी दिए । ५ करोड ९५ लाख लागत अनुमान गरिएको बस्ती बनाउन सोमबारसम्म ४ करोड ५१ लाख खर्च भएको उनको भनाइ छ ।  “उधारोमा सामान खरिद गरेका ठाउँमा भुक्तानी बाँकी छ,” उनले बाह्रखरीसँग भने, “हस्तान्तरणको दिनसम्म रकम उठ्नेमा विश्वस्त छौँ हामी ।”

चाडपर्व पनि पीडितसँगै
दसैँ–तिहारपछि पूर्णरूपमा बस्ती निर्माण थालिएको हो । त्यसयताका विभिन्न पर्वमा समेत धुर्मुस सुन्तली सन्तपुरमा नै रहेर बस्ती निर्माण गरे । सोमबारको माघी पर्व पनि उनीहरूले त्यहीँका पीडितसँग मनाएका थिए । “पुस्ताैंपुस्तादेखि दुःखमा रहेकाहरूको अनुहारमा हाँसो ल्याउन सकेका छौैं । सँगै चाडपर्व मनाउन पाउँदा उहाँहरू अत्यन्त खुसी पनि हुनुभयो,” उनले थपे ।

३३ सय परिवारलाई कम्बल विरतण
त्यस्तै उनीहरूले तराई–मधेसका शीतलहर पीडित मुसहरलाई कम्बलसमेत वितरण गरेका छन् । बारादेखि झापासम्ममा ३३ सय मुसहर परिवारलाई आफ्नै उपस्थितिमा कम्बल वितरण गरेको धुर्मुसले जानकारी दिए । “हामीले विगत १७ दिनदेखि न्यानो वितरण गरिरहेका छौँ । मंगलबार पनि महोत्तरीका ५० परिवार मुसहरलाई कम्बल बाँड्यौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !