धनुषा । नेकपा (माओवादी केन्द्र)का नेता एवं धनुषा क्षेत्र १ का सांसद मातृका प्रसाद यादव आफ्नो क्षेत्रका सितलहर पीडितलाई कम्बल बितरण गरेका छन् ।
उनले आज सबैला नगरपालिको ४ नम्बर वडा स्थित बाल्टीया गाउँका सितलहर पीडितलाई न्यानो कम्बल बितरण गरेका छन् ।
अति पिछडिएका सदा र डोम समुदायको बस्ती रहेको उक्क्त गाउँको ९० घर धुरीका सितलहर पीडितलाई प्रति घर दुई दुई थानका दरले कम्बल बितरण गरेका छन् ।
काठमाडौंको पार्टी बैठक नै छाडेर पीडितलाई राहत बितरण गर्न जिल्ला आइपुगेका नेता यादवले कम्बल बितरण गर्ने कार्यक्रम पछि सञ्चारकर्मीहरु कुरा गर्दै आफुले त्यस्तो कुनै ठुलो कार्य नगरेको मात्र थोरै भए पनि जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताए ।
उनले भने, ‘म काठमाडौंको अति महत्व पूर्ण बैठक छोडी यहाँ आइ पुगेको छु । जनताको दुःखमा जनतासँगै रहनु मेरो कर्तब्य हो । यहाँ मैले कम्बल बितरण गरेर त्यस्तो ठूलो काम केही गरे जस्तो लाग्दैन । मात्र मैले जनप्रतिनिधिको भूमिका निर्वाह गरेको हुँ ।’
उनले थप अगाडी भने, ‘अहिले मधेशमा सितलहरबाट सबै प्रभावित भएका छौं । यहाँका गरिबहरु यसबाट अझ बढी पीडित भएका छन् । यस विषयमा हाम्रो पार्टीको तर्फबाट मैले सबै जिल्लाका सिडियोहरु लाई फोन गरि चाँडो पीडित समक्ष राहत पु¥याउन आग्रह गरि सकेको छु । तपाई सञ्चारकर्मी मित्रहरु मार्फत फेरि पनि सम्बन्धित पक्षको ध्यान आकर्षण गराउँदछु ।’
उनले कम्बल बितरण कार्यक्रम अन्य गाउँहरुमा पनि हुने जानकारी पनि गराएका थिए ।