site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतीय दक्षिणी राज्य तामिल नाडूको इक डिकमा एउटा ट्रक र भ्यान एक आपसमा ठोक्किदा ९ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य चार जना घाइते भएका प्रहरीले बिहीबार जानकारी दिएको छ । 

भारतीय सहर चेन्नाईबाट तीन सय किलोमिटर टाढा रहेको एक सडकमा सो दुर्घटना भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । यस दुर्घटनामा परी मृत्यु भएकामा तीन जना बालबालिका र दुई महिला रहेका छन् । यी सबैको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनामा घाइते भएका व्यक्तिलाई सरकारी अस्पतालमा उपचार गराइएको छ । यस दुर्घटनाको अनुसन्धान जारी रहेको अधिकारीले जनाएका छन् । दुर्घटनापछि ट्रक चालक भने त्यहाँबाट फरार भएको बताइएको छ । भारतमा विश्वको तुलनामा सडक दुर्घटनाको सङ्ख्या बढी रहेको छ । 

दुर्घटनाको कारणमा नाजुक अवस्थामा रहेको सडक, मर्मत संभारको कमी र चालकको लापरवाही रहेको सम्बन्धित अधिकारीहरुको भनाइ रहेको छ । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC