site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेयमार स्टार हुन्, नेयमार रियल मड्रिड आउनेछन् – कासिमिरो
Sarbottam CementSarbottam Cement

एजेन्सी  । रियल मड्रिडका मिडफिल्डर कासिमिरोले ब्राजिलियन टिममेट नेयमारलाई रियल मड्रिडबाट खेलेको हेर्न चाहेको बताएका छन् ।

इंग्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लण्डन पुगेका कासिमिरोले इंग्लिश मिडियासँग नेयमार स्टार भएको र उनलाई रियलमा स्वागत गर्न आतुर रहेको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आगामी बर्ष रुसमा हुने विश्वकपको तयारी गरिरहेको ब्राजिलले मंगलबार इंग्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलपछि ब्राजिलियन कासिमिरोले गोलडटकमसंग भने, “नेयमार स्टार हुन् , उनी एक महान खेलाडी हुन् । उनलाई रियल मड्रिड स्वागत गर्न तयार छ ।”

ब्राजिलियन फरवार्ड नेयमार यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी ) गएका हुन् ।  विश्वका सर्वाधिक महंगा खेलाडी बनेका नेयमारको लागि पिएसजीले कीर्तिमानी मूल्य १८९ मिलियन पाउण्डमा किनेका हुन् । 

Global Ime bank

उनले पिएसजीबाट यो सिजन १२ खेल खेल्दै ११ गोल गरिसकेका छन् ।

पछिल्लो समय भने नेयमार पिएसजीमा खुसी नरहेको र प्रशिक्षकसँग समेत राम्रो सम्बन्ध नरहेको समाचारहरुसमेत बाहिर आइरहेको छ । तर, कासिमिरोले नेयमार रियल मड्रिड आए उनी खुशी रहन सक्ने बताए । कासिमिरोले भने, “मलाई आशा छ नेयमार रियल मड्रिड आउनेछन् । र, उनी यो क्लबमा निकै खुशी हुनेछन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय