site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महङ्गो गाडी इलान्ट्राको प्लेटफर्ममा हुन्डाईले ल्यायो ‘द नेक्स्ट जेन भर्ना’ सेडान
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वमा अत्यधिक बिक्री हुने हुन्डाइको महङ्गो गाडीमध्ये एक इलान्ट्र सेडानको प्लेटफर्ममा हुन्डाईले ‘द नेक्स्ट जेन’ नेपालमा भित्र्याएको छ । सोमबार काठमाडौंमा हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले एक समारोहको आयोजना गरी उक्त पाँचौ पिढीको सेडान नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीका कर्पोरेट सेल्स म्यानेजर अनिश लामिछानेले विश्वमा अत्यधिक बिक्री हुने हुन्डाइको महङ्गो गाडी इलान्ट्र सेडानको प्लेटफर्ममा ‘द नेक्स्ट जेन भर्ना’ नेपाली बजारमा ल्याएको बताए ।

“इलान्ट्रको नेपाली मूल्य ८० लाख रुपैयाँभन्दा बढी छ,” उनले भने “त्यसैको प्लेटफर्ममा कम मूल्यमा उक्त सेडानलाई सार्वजनिक गरेका छौं ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले गएको संस्करणका भर्नाहरुभन्दा यो पूर्णरुपमा नयाँ रहेको दाबी गरे । यो नयाँ संस्करणलाई फोर पिलरर्स अफ भर्ना भनेर चिन्न सकिने तर्क गरे । “पहिलो कारको बडीलाई सुपर सेफ्टी भनेका छौं,” उनले भने “इलान्ट्रमा भएको जस्तै सेफ्टी प्लेटफर्म तथा ५० प्रतिशत एड्भान्स हाई स्ट्रेन्थ स्टीलको प्रयोग गरिएको छ ।” 

त्यस्तै उनले दोस्रोमा डाइनामिक प्रफर्मेन्स जसमा १.६ लिटरको ‘ड्युवल भीटीभीटी’ इञ्जिन उपलब्ध छ । अर्को फ्युचरिस्टीक डिजाइन र चौथो एड्भान्स फिचर्स रहेको उनको भनाइ छ । 

Global Ime bank

“कम्पनीले सवारी पारखीहरुको मागलाई मध्यनजर गरेर सो सेडान बजारमा ल्याएको हो,” उनले भने “सार्वजनिक भएको उक्त सेडानमा अहिले जति  फिचर्सहरु छन्, विगतमा त्यस्तो थिएन ।” 

\"\"

कम्पनीकाअनुसार गाडीमा भएका विभिन्न विशेषताको कारणले सेडानलाई बलियो बनाइएको छ । 

कम्पनीले गाडीमा पछिल्लो आकर्षक फिचर्सहरुको रुपमा ७.० टर्चस्क्रीन अडियो एण्ड भिडियो नेभिगेशन, एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टीभिटी, भ्वाइस रेकग्नेशन बटम अन स्ट्रीङ, मिरर लिङ्क साथै स्ट्रीङ एडप्टीभ गाइडलार्ईन रहेको जनाएको छ । त्यस्तै कारमा सेफ्टीको लागि दुईवटा एयरब्याग, कर्नरिङ ल्याम्प, फ्रन्ट प्रोजेक्टर ल्याम्प, डेटाइम रनिङ लाइट, ‘एबीएस’ र उत्कृष्ट अडियो कनेक्टीभिटी रहेको बताएको छ ।

कारको इञ्जिन क्षमता १५९१ सीसी रहेको छ । त्यस्तै २२३ ‘पीएस’ पावरमा ६४०० ‘आरएमपी’ जेनेरेट गर्ने बताइएको छ । ६ स्पीड ‘म्यानुअल’ र ‘अटोम्याटीक’ दुवै भेरियन्टमा प्यान्टम ब्लाक, स्लीक सिल्भर, फायरी रेड लगायत ६ कलर तथा तीन भेरियन्टमा कार  उपलब्ध छ । ४२ लाख ९६ हजारदेखि अटोमेटिकलाई ४६ लाख ९६ हजार रुपैयाँ कम्पनीले तोकेको छ ।

सेल्स म्यानेजर लामिछानेले हाल विश्वका ६६ मुलुकमा नेक्स्ट जेन भर्ना बिक्री भइरहेको बताए । “सन् १९९४ देखि २०१७ सम्ममा ८८ लाख युनिट बिक्री भइसकेको छ,” उनले भने “गाडी नेपालको मुख्य सहरहरुमा महिनाको ४०÷५० संख्यामा बिक्री गर्ने हाम्रो लक्ष्य छ ।” 

कम्पनीकाअनुसार हुन्डाइका सम्पूर्ण गाडीहरुमा ३ वर्ष वारेन्टी, चार वर्ष निःशुल्क सर्भिसिङ्ग र एक आर्थिक वर्षको सवारी कर चुक्तासहित कम्पनीले उपलब्ध गराउँदै आएको जनाइएको छ ।

 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC