site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्याङ्ग अफ डस्टर्सको सशक्त यात्रा पहिलोपटक नेपालसम्म शुभारम्भ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रेनो, नेपालमा द्रूत गतिमा अगाडि बढिरहेको अटोमोबाइल ब्राण्डको आफ्नो साहसिक यात्रा समुदाय ग्याङ्ग अफ डस्टर्सले नेपालमा पहिलो पटक यात्रा शुभारम्भ गरेको छ ।

९ दिने प्रसिद्ध सशक्त यात्रा करिब १४०० किलोमिटरको हुनेछ । यो साहसिक यात्रा लखनउबाट कात्तिक २४ गते शुरु भएको थियो भने भारतमा गोरखपुर हुँदै नेपाल प्रवेश गरेको थियो ।

नेपालमा, ग्यांङ्ग अफ डस्टर्सले काठमाडौंको यात्रा पुरा गरिसकेको छ । अब भने चितवन, पोखरा र लुम्बिनी हुँदै यात्रा गर्नेछ ।
सहभागीहरु पुनः लखनउ यात्रा बाटै फिर्ता हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१७ रेनो इण्डियाको ग्यांङ्ग अफ डस्टर्सको भारतमा सफलताको चौथो वार्षिकोत्सव पनि हो । ग्यांङ्ग अफ डस्टर, रेनो इण्डियाले शुरु गरेको एउटा विशेष अभियान भएको कम्पनीले जनाएको छ ।

\"\"

Global Ime bank

जसले डस्टर धनीहरुलाई साहसिक यात्राहरु, कठिन तथा रोमाञ्चक भूगोलहरुको यात्रा गराउने र विकट क्षेत्रहरुको यात्रा गराउँदै एकआपसमा जोड्ने काम गर्दछ । 

ग्यांङ्ग अफ डस्टर्स डस्टर धनीहरुलाई रेनो परिवारमा सामेल गराउने एउटा उत्कृष्ट माध्यम हो भने सदस्यहरुका माझमा सम्बन्ध निर्माण गर्ने माध्यम पनि हो । ग्यांङ्ग अफ डस्टर्समा अहिले सम्म १ लाख भन्दा बढि सदस्यहरु सहभागी भईसकेका छन् जून भारतमा चार पांग्रे गाडीको साहसिक यात्रा समुदायमा सबैभन्दा ठूलो समुदाय हो ।

एडभान्स अटोमोबिल्स प्रालि (रेनोको नेपालमा व्यवसायीक पार्टनर) का प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले भने, “नेपालमा पहिलोपटक भारतको विभिन्न स्थानबाट सहभागी ग्यांङ्ग अफ डस्टर्स सदस्यहरुको २४ वटा डस्टर सहितको लस्कर आएका हुन् । यो विशेष अवसरमा नेपालमा उनीहरुलाई आतिथ्यता प्रदान गर्नु हाम्रो सौभाग्य हो । रेनो इण्डियाद्वारा शुरु गरिएको यो अभियान नेपाल च्याप्टरको तर्फबाट पनि छिटै आयोजना गर्नेछौं । जसमा नेपाली डस्टरहरु एकसाथ सहभागी हुँदै नेपालको विभिन्न रोमाञ्चक स्थानहरुमा साहसिक यात्राको लागि जानेछन् र कठिन भूगोलको अवलोकन गर्नेछन् । यो अभियानले हामीलाई नेपालमा डस्टरको बजारलाई सशक्त बनाउन सहयोग गर्नेछ जसले सबै प्रकारको भौगोलिक क्षमता र यात्राको आरामदायीपनालाई कायम राख्दछ ।”

ग्यांङ्ग अफ डस्टर्सको नेपालसम्मको सशक्त यात्राले सहभागीहरुलाई अवस्मरणिय साहसिक यात्राको अनुभूति दिने कम्पनीको दाबी छ । 

रोमाञ्चकारी, साहसिक तथा अन्वेषणसँग सम्बन्धित हुँदै, रेनो इण्डियाको ग्यांङ्ग अफ डस्टर्सले उपभोक्ताहरु र उनीहरुको परिवारहरुलाई देशभर रेनो टिमका साथमा लामो अवधिको यात्रा गराउन उत्साहित गराउने गर्छ ।
\"\"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC