site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
आइसल्याण्ड पहिलोपटक विश्वकपमा छनोट
SkywellSkywell

एजेन्सी । सानो युरोपियन राष्ट्र आइसल्याण्ड आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ  । छनोट अन्तर्गत युरोपियन क्षेत्रको समूह आईमा रहेको आइसल्याण्डले सोमबार राती समूह चरणको अन्तिम खेलमा कोसोभोलाई २–० ले पराजित गर्दै विश्वकप स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आइसल्याण्डलाई जित दिलाउन गिल्फी सिगडसन र योहान गुडमन्डसनले समान एक एक गोल गरे । आयरल्याण्डको जितमा सिगडसनले खेलको ४० औं र गुडमन्डसनले ६८ औं मिनेटमा गोल गरेका थिए । यो जितपछि आइसल्याण्डले १० खेलबाट ७ मा जितसहित २२ अंक जोडन सफल भयो ।

Dabur Nepal
NIC Asia

तीन लाख ३५ हजार मात्रै जनसंख्या रहेको आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनोट भएको हो । यस्तै आइसल्याण्ड विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो राष्ट्र समेत हो । गत बर्षको युरोकपमा समेत आइसल्याण्डले तहल्का मच्चाएको थियो । पहिलोपटक युरोकप खेलेको आइसल्याण्डले क्वाटरफाइनलसम्म पुग्दै इंग्ल्याण्ड जस्ता ठुला राष्ट्रलाई पराजित गरेको थियो ।

छनोटको समूह आई बाट क्रोएसियाले प्ले अफमा स्थान बनाएको छ । सोमबार राति नै भएको खेलमा क्रोएसियाले युक्रेनलाई २–० ले पराजित गरेको थियो । क्रोएसियाले १० खेलबाट २० अंक जोड्न सफल भयो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro