
एजेन्सी । फ्रेन्स लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली पीएसजीले बोर्डोमाथि ६–२ गोलअन्तरलेको फराकिलो जित हात पारेको हो ।
पीएसजीलाई जित दिलाउनका लागि नेयमारले २, इडिसन काभनी, थोमस म्युनियर, जुलियन ड्रक्लेर र किलियन एमबाप्पेले समान १–१ गोल गरे । यता, बोर्डोका लागि यौनोसे संखर र सिल्भा डे ओलिभिराले गोल फर्काएका थिए ।
खेलको पाचौ मिनेटमा नै नेयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा नै काभनीले गोल गर्दै पीएसजीलाई २–० गोलको अग्रता दिलाएका थिए । खेलको २१ औं मिनेटमा थोमसले गोल गर्दै पीएसजीलाई तेब्बर अग्रतामा पुर्याए । खेलको ३१ औं मिनेटमा यौनोसे संखरले गोल गर्दै बोर्डोलाई ३–१ को स्थितिमा पुर्याए । खेलको ४० औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई ४–१ गोलको अग्रता दिलाए । एकपछि अर्को दबाब दिएको पीएसजीका लागि खेलको ४५ औं मिनेटमा जलियन ड्रक्लेरले गोल गर्दै पहिलो हाफसम्ममा ५–१ गोलको अग्रतामा पुर्याए ।
दोस्रो हाफमा दुबै टोलीले समान १–१ गोल गरेका थिए । पहिलो हाफको तुलनामा दोस्रो हाफमा बोर्डोले निकै सुधारिएको खेल खेलेको थियो । खेलको ५८ औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई ६–१ गोलको अग्रता दिलाए । खेलको ९० औं मिनेटमा पेनाल्टीबाट सिल्भाले गोल गर्दै बोर्डोलाई ६–२ को स्थितिमा पु¥याएका थिए ।
फ्रेन्स लिग वानमा अपराजित यात्रालाई निरन्तरता दिएको पीएसजी ८ खेलबाट ७ खेलमा जित र एक खेलमा बराबरी खेल्दै २२ अंकको साथमा लिगको शीर्ष स्थानमा रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको मोनाकोको १९ अंक रहेको छ । पराजित बोर्डो भने पाचौं स्थानमा झरेको छ ।