site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
इम्बोस्ड नम्बरका लागि अनलाइन फर्म, यस्तो छ भर्ने तरिका
SkywellSkywell

काठमाडौं । सरकारले सोमबार सार्वजनिक गरेको इम्बोस्ड नम्बरप्लेट प्रयोगका लागि अनलाइन फर्म खुला गर्ने भएको छ । सवारीसाधन धनी वा संस्थाहरुका लागि सरकारले अनलाइन प्रणालीमार्फत शुक्रबारबाट फर्म खुला गर्ने भएको हो । 

यातायात व्यवस्था विभागका महानिर्देशक रुपचन्द्र भट्टराईले बाह्रखरीसँग भने, “सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न हामीले यस्तो प्रणाली अपनाएका हौं ।” 

यस्तो छ फर्म भर्ने तरिका

Dabur Nepal
NIC Asia

इम्बोस्ड नम्बरप्लेट जडानका लागि सरकारले वेबसाइट उपलब्ध गराएको छ । www.dotm.gov.np मा गएपछि इम्बोस्ड नम्बरप्लेट जडानका लागि फर्म उपलब्ध हुनेछ । उक्त फर्ममा व्यक्तिगत विवरण, सवारीसाधनको विवरण र तोकिएको शुल्क तिरेको बैंकको भौचर नम्बर भरेर सबमिट गर्नुपर्छ । यसपछि सम्बन्धित व्यक्तिको मोबाइलमा इम्बोस्ड नम्बरप्लेट जडानको मिति एसएमएसमार्फत पुग्नेछ । 

इम्बोस्ड नम्बरबापत मोटरसाइकलका लागि २५ सय, ३ पाङ्ग्रे सवारीसाधनका लागि २९ सय, चारपाङ्ग्रेका लागि ३२ सय र ठूला सवारीका लागि ३६ सय रुपैयाँ शुल्क तोकिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र ठेकेदार कम्पनी डेकाटर टाइगर आइटीबीच आगामी ५ वर्षभित्र २५ लाख सवारीसाधनहरुको ‘हाइ सेक्युरिटी इम्बोस्ड नम्बरप्लेट’ बनाई नेपाल सरकारलाई हस्तान्तरण गर्नेगरी ३० मे २०१६ मा सम्झौता भएको छ । इम्बोस्ड नम्बरप्लेटको कार्यान्वयन प्रक्रियाको सुरुको चरणमै अनलाइनमार्फत फर्म भराउने व्यवस्था आफैंमा वैज्ञानिक र अत्याधुनिक भएको महानिर्देशक भट्टराईले दाबी गरे ।  

सुरु बागमती अञ्चलबाट

इम्बोस्ड नम्बरप्लेट जडान प्रक्रियाको सुरुआत बागमती अञ्चलबाट गरिने पनि महानिर्देशक भट्टरार्ईले जानकारी दिए । 

बागमती अञ्चलमा मात्रै जम्मा ११ लाख सवारी रहेका छन् जसमा ८ लाख मोटरसाइकल छन् । 
सरकारको निर्णयअनुसार हाल मोटरसाइकल र सार्वजनिक सवारीसधानका लागि इम्बोस्ड नम्बरप्लेट जडान गरिने छैन ।

“जम्मा ११ लाख सवारीसाधनमा ८ लाख मोटरसाइकल र डेढलाख सार्वजनिक सवारीसाधन हटाएर बाँकी रहेका निजी, सरकारी, समिति र संस्थानका डेढ लाख सवारीसाधनहरुले मात्र इम्बोस्ड नम्बरका लागि फर्म भर्नसक्ने व्यवस्था गरिएको छ ।” महानिर्देशक भट्टराईले बताए । 

इम्बोस्ड नम्बर किन ?

सवारीसाधनमा जडान गरिने इलेक्ट्रोनिक्स पद्धतिको ‘हाइ एम्बोस्ड नम्बरप्लेट’ले सवारीसाधन र सवारीधनीको विवरण साथै राजश्व असुलीको अवस्थाका बारेमा यातायात व्यवस्था कार्यालयलाई जानकारी गराउने छ । 

सवारीसाधनसँग सम्बन्धित अपराध न्यूनिकरणमा पनि इम्बोस्ड नम्बरप्लेट प्रभावकारी हुनेछ । 

“विकसित मुलुकहरुमा प्रयोग हुँदै आएको इम्बोस्ड नम्बरप्लेटको प्रयोग नेपालमा पहिलोपटक हो,” सवारीसाधनको अवस्थाका बारेमा जानकारी लिनका लागि काठमाडौं उपत्यकाका थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागर्जुन गरी ५ स्थानमा ‘इन्ट्री’ र ‘एक्जिट’ पोइन्टको व्यवस्था मिलाइने बताउँदै महानिर्देशक भट्टराईले भने, “यसको प्रयोगबाट सवारीसाधन साथै सवारीधनीको विवरण र सवारी रहेको स्थानको जानकारी हुनेहुँदा सवारीसाधन चोरी नियन्त्रण र सवारीसाधनसँग सम्बन्धित अपराध न्यूनिकरणमा समेत विशेष सहयोग पुग्नेछ ।”

यातायात व्यवस्थालाई प्रभावकारी बनाइँदै

उपत्यकाको ट्राफिकजाम र सवारी आवागमनको व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले योजना बनाएको महानिर्देशक भट्टराईले बताए । भट्टराईका अनुसार विभागले उपत्यकाका सडकमा ट्राफिक लाइट जडानका लागि ध्यानाकर्षण गराइसकेको छ । यसका साथै भट्टराईले पुलमुनीका सडकको स्तरोन्नति गरी यातायात सञ्चालन प्रभावकारी बनाउन विभागले सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको पनि बताए । 

यसका साथै एकतर्फी सडक र राइट टर्न गर्न नपाइने स्थानको छनौट साथै हाल उपत्यकामा सञ्चालन हुँदै आएका २ सयबढी रुटहरुलाई मर्ज गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको साथै इम्बोस्ड नम्बरप्लेटको प्रभावकारी कार्यान्वयनले सावारीसाधन व्यवस्थापन र नियन्त्रणमा हाल भइरहेको अनियमितता र मनपरीतन्त्रमा व्यापक सुधार आउने पनि महानिर्देशक भट्टराईले बताए ।   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro