site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इन्ग्लिश प्रिमियर लिगमा आर्सनलको विजय सुरुआत
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले विजय सुरुआत गरेको छ । शुक्रबार राती भएको नयाँ सिजनको पहिलो खेलमा लेष्टर सिटीलाई ४ – ३ ले पराजित गर्दै आर्सनलले विजय सुरुआत गरेको हो ।

घरेलु मैदानमा भएको रोमान्चक खेलमा आर्सनललाई जित दिलाउन एलेक्जेन्डर ल्याकेजेट, ड्यानी वेलब्याक, आरोन रामसी र ओलिभर जिरुडले समान एक एक गोल गरे । लेष्टरका लागि जेमी भर्डीले दुई तथा शिन्जी ओकाजाकीले एक गोल फर्काए । जितसँगै आर्सनलले लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

इमिरेट्स स्टेडियममा खेलको दोस्रो मिनेटमा नै ल्याकेजेटको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । खेलको पाँचौ मिनेटमा ओकाजाकीले लेष्टरका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलको २९ औं मिनेटमा भर्डीले गोल गर्दै लेष्टरलाई २ – १ को अग्रता दिलाए । तर, पहिलो हाफको इन्जुरी समयमा आर्सनलका वेलब्याकले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा सकियो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लेष्टरले पुन अग्रता बनायो । ५६ औं मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३ – २ को अग्रता दिलाए । तर, खेलको ८३ औं मिनेटमा आर्सनलका रामसीले गोल गरेपछि खेल ३ – ३ को बराबरीमा पुग्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा सब्सिच्युड खेलाडीका रुपमा मैदान पसेका जिरुडले गोल गर्दै आर्सनललाई ४–३ को जित दिलाए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय