site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
SkywellSkywell
Dabur Nepal
NIC Asia

गौशाला । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेकपा एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी रहेको आरोप लगाएका छन् । महोत्तरीको जलेश्वरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “एमाले र मधेश केन्द्रित दलका हठका कारण संविधानले पूर्णता र सर्वस्वीकार्यता पाउन नसकेर देश विकासको गतिमा अवरोध उत्पन्न भएको छ ।” 

मन्त्री मन्सुरले एमालेले सधैँ पहाडवादी राष्ट्रवादको नारा लगाएर मधेश र मधेशीलाई गाली र अपमानित गर्ने गरी पहाडे समुदायलाई मधेश विरोधी खडा गर्ने तथा मधेश केन्द्रित दलले सधैँ मधेशवादी राष्ट्रवादको नारा लगाएर पहाड र पहाडे समुदायलाई गाली र अपमानित गर्ने काम गरेर देश बिखण्डनको दिशामा हिडाउन खोजेको आरोप लगाए । 
नेपाली कांग्रेस शुरुदेखि नै संविधानलाई संशोधन र परिमार्जन गरेर मधेशी, थारु, आदिवासी जनजाति, पीछडिएको वर्गलगायत सबै नेपालीको माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्यको दायरामा लैजान तयार रहेको चर्चा गर्दै उनले संविधान संशोधन तथा मधेशीलगायत सबै वर्ग समुदायको माग पूरा गर्ने वातावरण निर्माणका लागि कांग्रेसले जिम्मेवारीपूर्वक कार्य गरिरहेको बताए । 
मन्त्री मन्सुरले राजपाले उठाएका शहिद घोषणा, घाइतेको उपचारलगायतका माग पूरा हुने अवस्थामा रहेको र ती सबै काम नेपाली कांग्रेसले नै गराएको दाबी गर्दै नेपाली जनताको हक, अधिकार, देशमा दिगो शान्ति र विकासका लागि नेपाली कांग्रेस सधैंँ तत्पर रहेको बताए । 
सबैको अधिकार, पहिचान र स्वाभिमानको रक्षा तथा देशको विकास र समृद्धिका लागि तेश्रो चरणअन्तर्गत हुने स्थानीय तहलगायत तिन वटै तहको निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमतका साथ जिताउन सबैमा उनले अपिल गरे । 
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा मन्त्री मन्सुरले महोत्तरीलगायत तराई क्षेत्रमा पर्याप्त सम्भावना र अवसर रहेको उद्योग, कलकारखाना स्थापनाका लागि सरकार गम्भीर रहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro